धार्केमा दुईतर्फी गाडी सञ्चालनको प्रयास हुँदै

काठमाण्डाै – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा भासिएको सडक मर्मतको काम भइरहेको छ ।

गणेश खोला पुलको सडक भासिएपछि अस्ति सोमबार दिउँसो ४ बजेदेखि बन्द सडकमा हिजो बिहान १० बजेदेखि एकतर्फी गाडी चलिरहेका छन् ।

दुईतर्फी नै सडक खुलाउने प्रयास भैरहेकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले बताए ।

उनका अनुसार नेपाली सेना, सडक विभागका कर्मचारीलगायतको टोलीले सडक बनाउने काम गरिरहेको छ ।

पृथ्वी राजमार्ग भएर दैनिक हजारौँ संख्यामा गाडी र यात्रु ओहोरदोहोर गर्ने भएकाले एकतर्फी मात्रै सडक खुल्दा चाप हुने गरेको छ ।

https://ujyaalonepalnews.com/archives/27181

Previous articleडाक्टर र नर्सको प्रेम: प्रेमीको घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या
Next articleतत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।