रत्ननगरको बकुलहर चोकमा सवारी दुर्घटना, एकजनाको ज्यान गयो

उज्यालो नेपाल- रत्ननगरको बकुलहर चोकमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।

अहिले बिहान १०:०० बजेको समयमा रत्ननगर न.पा.१ बकुलर चोकमा भरतपुरबाट टाडी तर्फ आउदै गरेको बा४ख ८९१६ नं.को. बसले साईकललाई ठक्कर दिदा साईकलयात्री बर्ष ७५ का कुल प्रसाद पराजुली को ज्यान गएको हो।

बसको ठक्करबाट गम्भिर घाईते भएका पराजुलीको उपचारको लागि नयाँ मेडीकल कलेज भरतपुर पठाईएकोमा उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

ठक्कर दिने बस र चालक मकवानपुर मनहरीका वर्ष २४ का मिलन तामाङ प्रहरीको नियन्त्रणमा छन्।

https://ujyaalonepalnews.com/archives/27090

Previous articleशिक्षक,कर्मचारी र जनप्रतिनिधिले छोराछोरी सरकारी स्कुलमै पढाउनुपर्ने
Next articleसरकारी तलब खाएर राजनीति गर्ने शिक्षक, कर्मचारी नेपालबाहेक अरू देशमा छैनन् : रविन्द्र मिश्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।