कालिकाका ज्येष्ठ नागरिक र सुत्केरीलाई सम्मान

0
63

उज्यालो नेपाल- चितवनको कालिका नगरपालिका वडा नं. ३ ले वडा भित्रका ज्येष्ठ नागरिकलाई सम्मान तथा सुत्केरी महिलाहरुलाई झुल वितरण गरेको छ । मंगलबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा ८० वर्ष माथिका ४८ जना ज्येष्ठ नागरिक र ४८ जना सुत्केरी महिलाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर विनोद रेग्मी र वडाध्यक्ष बिरेन्द्र तमाङले ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई दोशल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान सहित पौष्ट्रिक आहार प्रदान गरिएको थियो भने सुत्केरी महिलाहरुलाई पौष्ट्रिक आहार संगै झुल पनि वितरण गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर रेग्मीले ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा दिनु स्थानिय सरकारको दायित्व भएको बताए । “आज हामीले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा गर्न सके हाम्रा सन्तानले पनि अग्रजको समान गर्न सिक्ने” उनले बताए ।

वडाध्यक्ष तमाङले अग्रजको सम्मान गर्ने वार्षिक कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्याय, वडासदस्यहरु प्रतिमा भुलुन, लिला दमै, कृष्ण बहादुर प्रजा र बुद्धि प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा सचिव प्रदिप खरेलले संचालन गरेका थिए ।

 

 

https://www.ujyaalonepalnews.com/archives/27128

Previous articleएकतोलाको सुन लुट्न दुई बालिकाको हत्या
Next articleरत्ननगरमा जेठ एक गतेदेखि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने