चितवनमा गर्भवती बोकेर अस्पताल जाँदै गरेको एम्बुलेन्स ट्रकमा ठोकियो, ४ जना घाइते

चितवनमा रोकिराखेको ट्रकमा बिरामी बोकेको एम्बुलेन्स ठोकिँदा चार जना घाईते भएका छन्। नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तरगर्त भरतपुर महानगरपालिका १ रामनगरमा सडक छेऊमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बाेकेर गोरखाबाट भरतपुर आएको एम्बुलेन्स ठोकिँदा गएराति चार जना घाइते भएका हुन्।

घाइते मध्ये एम्बुलेन्स चालक गोरखाको सुलिकोट गाउँपालिका ६का एक बहादुर सुनार र गर्भवती श्रृजना गौतमको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। गर्भवती श्रृजना गौतम डेलिभरीकाे लागि चितवन जाँदै थिइन्।

गौतमको अनुहार र खुट्टामा गम्भिर चोट लागेको छ। उनका श्रीमान गोरखा नगरपालिका ६का सुदिप गौतम मध्यम र मिना कोइराला सामान्य घाईते भएका छन्। उनीहरुको उपचार चितवन मेडिकल कलेजमा भइरहेको प्रहरीले जानकारी दिएको छ। ट्रक चालक हेटौँडा उपमहानगरपालिका १९का सुरज श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्।

https://ujyaalonepalnews.com/archives/27279

Previous articleआयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि करिब एघार सय सवारी साधन अलपत्र
Next articleअर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।