Home Uncategorized अमेरिकामा गोली प्रहार हुँदा चारको मृत्यु

अमेरिकामा गोली प्रहार हुँदा चारको मृत्यु

उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ।

प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोली प्रहार भएको हो ।

“सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्,” ग्रान्ट्सभिल्लेका एक जना प्रहरी अधिकृत होन्डा फिल्डसले भने।

उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँच जनाको अस्पतालमा उपचार भइरेको जानकारी दिए।

आक्रमण गर्ने र पीडितहरु एउटै परिवारका हुन की होइनन् भन्ने अहिले यकिन भइनसकेको बताइएको छ। रासस/एएफपी

पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अर्को वर्ष लगन गाठो कस्ने पक्का

Previous articleचम्ल्याहा सन्तान हुर्काउनै मुस्किल
Next articleचीनमा नयाँ भाइरसका कारण दुईको मृत्यु, सयौं संक्रमित भएको आशंका
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।