Home Uncategorized डिजेल र मट्टीतेलको मूल्य घट्यो

डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं-  नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको छ । सोमबार राति १२ बजेदेखि घटेको मूल्य लागू हुने निगमले जनाएको छ ।

आज बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राख्ने निर्णय गरेको छ । नयाँ मूल्यसूची अनुसार अब डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ ।

आज मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।

यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ६५ थियो । पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु एक सय ६०, हवाई इन्धन (बाह्य)को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय कायमै छ ।

https://ujyaalonepalnews.com/archives/27299

Previous articleसरकारले घोराही–तुलसीपुरको चार लेन सडकको ठेक्का रद्द गरेेको छः सञ्चारमन्त्री शर्मा
Next articleमन्त्रिपरिषद् बैठक: मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।