सरकारले घोराही–तुलसीपुरको चार लेन सडकको ठेक्का रद्द गरेेको छः सञ्चारमन्त्री शर्मा

0
73

दाङ- सरकारले घोराही–तुलसीपुरको चार लेन सडकको ठेक्का तोडेको छ । भारतीय निर्माण कम्पनीले चार वर्षदेखि अलपत्र पारेको घोराही–तुलसीपुर सडक ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अघि बढाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो ।

आफ्नो निर्वाचन क्षेत्रका कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्रि शर्माले यस्तो बताउनु भएको हो ।
चार लेन सडक निर्माणको सम्झौता भर्खरै खारेज भएको छ । केही दिनभित्रै सडक मर्मतका लागि सरकारको सूचना आउला उहाँले भन्नुभयो ।

ठेक्का तोडिएपछि अब सरकारले सडक मर्मत र निर्माण गर्ने बाटो खुलेको पनि जानकारी दिनुभयो । नयाँ टेन्डरको लागि समय लाग्ने बताउँदै मन्त्री शर्माले त्यसअघि सडक डिभिजन कार्यालयले सडक मर्मत सम्भारको काम अघि बढाउँने उल्लेख गर्नुभयो ।

भारतीय एक्जिम बैंकको सहयोगमा उक्त सडक निर्माण गर्ने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर चार वर्षमा सडकको प्रगति जम्मा १० प्रतिशत छ । ठाउँ ठाउँमा सडक बनाउँन खनेको खाल्डोमा परि खालसम्म २५ जनाको मृत्यु भईसकेको छ ।

यस्तै अर्को प्रसंगमा मन्त्री शर्माले सरकारले यसबर्ष किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने बताउनुभयो । खेतिपातिको सिजनमा मलको चरम अभाव हुने भन्दै सरकारले मल खरिद गरि ल्याउन थालेको भनाई छ ।

https://www.ujyaalonepalnews.com/archives/27298

Previous articleअवैध फोन नियन्त्रण गर्ने लक्ष्यका साथ एमडीएमएस लागू
Next articleडिजेल र मट्टीतेलको मूल्य घट्यो