महाकाली करिडोर निर्माणका लागि कञ्चनपुरमा झण्डै दुई हजार रुख काट्न सुरु

0
45

कञ्चनपुर- महाकाली करिडोर निर्माणका लागि कञ्चनपुरमा झण्डै दुई हजार रुख कटानका लागि काम अघि बढेको छ । सरकारले करिडोर निर्माणका कञ्चनपुरमा एक हजार ९ सय ५५ रुख काट्न अनुमति दिएसँगै रुखमा टाँचा लगाउने कम सुरु भएको हो ।

दुई वर्षअघि दिवा सनीदेव जेभीले ब्रह्मदेवदेखि डडेल्धुरासम्म करिब साढे पाँच करोडमा सडक निर्माणको ठेक्का पाएको थियो । तर सडकखण्डमा पर्ने रुख कटानका लागि अनुमति नपाउँदा महाकाली करिडोर निर्माणको काम अघि बढ्न सकेको थिएन ।

केही महिनाअघि मन्त्रिपरिषद्ले रूख कटान गर्न दिने निर्णय गरेसँगै डिभिजन वनले रुखमा टाँचा लागउन सुरु गरेको छ भने सँगै ट्रयाक पनि खोल्ने काम पनि सुरु गरिएको निर्माण कम्पनिले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवदेखि डडेल्धुराको सीमासम्म ११ किलोमिटर सडकखण्डमा १ हजार ५ सय ३२ ठूला रूख र चार सय १९ पोल साइजका साना रूख पर्दछन ।

कञ्चनपुरदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम्म महाकाली नदि किनारका बस्तीलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले झण्डै डेढ दशकअघि महाकाली करिडोर आयोजना सुरु भएको थियो । चार सय २५ किलोमिटर लामो सडक खण्डमध्ये दुई सय १५ किलोमिटरमा ट्रयाक निर्माण भइसकेको छ ।

https://www.ujyaalonepalnews.com/archives/27307

Previous articleसरकारले घोराही–तुलसीपुरको चार लेन सडकको ठेक्का रद्द गरेेको छः सञ्चारमन्त्री शर्मा
Next articleआगोको भुङ्ग्रोमाथिको अनौठो नाच