जब्दीमा नयाँ पुलका लागि टेण्डर गरिने

काठमाडौँ- बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुल भत्किएपछि सरकारले नयाँ टेन्डर प्रक्रिया थाल्ने भएको छ ।

पुरानै ठाउँमा भने पुल नबन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताउनुभयो ।

मन्त्रालयको आयोजनामा बुधबार भएको पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले भत्किएको पुलका सम्बन्धमा अदालतमा मुद्दा चलिरहेको र अख्तियारले पनि अनुसन्धान सकाएर विशेषमा मुद्दा चलाइसकेकोले अब नयाँ कहाँ र कसरी बनाउने भनेर ठेक्का प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको बताउनुभयो ।

उहाँले यसका लागि अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता गरिदिन आफूले पहल थालिसकेको जानकारी दिनुभयो ।

मन्त्रालयले अहिले भत्किएको पुलको संरचना हटाउन थालिसकेको जानकारी दिनुहुँदै उहाँले दुईवटा एक्जाभेटर लगेर संरचना हटाउन थालिएको बताउनुभयो ।

यसअघि २०७४ साउन २८ गते बबई नदिमा आएको बाढीका कारण १६ करोड ६८ लाख रुपियाँ लगानीमा बनेको ४२५ मिटर लम्बाईको उक्त पुलका तीनवटा स्पान भासिएका थिए । उक्त पुलको ठेक्का पप्पु कन्ट्रक्सनले पाएको थियो ।

पुल निर्माण लगायत माग राखेर नेपाली कांग्रेसका संघीय सांसद सञ्जय गौतम आमरण अनशनमा बस्नुभएको छ ।

मन्त्री ज्वालाले गौतमलाई अनशन तोड्न आग्रह गर्नुभयो ।

भत्किएको पुलका स्ल्याब र पिलरका कारणले बबई नदीको धार परिवर्तन भएर अन्य क्षेत्रमा समेत खतरा निम्तने देखिएपछि संरचाना हटाउनुपर्ने भएकाले त्यसक्षेत्रमा अनसन तोड्न मन्त्री ज्वालाले गौतमलाई आग्रह गर्नुभएको हो ।।

https://ujyaalonepalnews.com/archives/27332

Previous articleसोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
Next articleशरणार्थी प्रकरण: पक्राउ परेका सबैको म्याद तीन दिन थप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।