चलचित्र पत्रकार संघको स्थापना दिवसमा पत्रकार पन्त नगदसहित सम्मानित

भरतपुर । चलचित्र पत्रकार संघ नेपालको २३औं स्थापना दिवसको अवसरमा चितवनका पत्रकार मनोज पन्त सम्मानित भएका छन् । चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाले पन्तलाई नगद पाँच हजार ५५५ रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

जिल्लामा चलचित्र पत्रकारिताको सुरुवात गरेको भन्दै पन्तलाई सम्मान गरिएको हो । पन्तले २०५० सालदेखि चलचित्र पत्रकारिता थालेका हुन् । नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाशमणी ज्ञवालीले नगदसहित सम्मान पत्र पन्तलाई प्रदान गरेका हुन् ।

चलचित्र पत्रकार संघ चितवनले नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको थियो । संघका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी चितवनका कोषाध्यक्ष बद्री अर्याल, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष प्रस्ताव सुवेदी लगायतका पत्रकाहरुको सहभागीता थियो ।

https://ujyaalonepalnews.com/archives/27415

Previous articleराष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु: प्रधानमन्त्री दाहाल
Next articleकाँकडभिट्टाबाट आयात–निर्यात हुने तेस्रो मुलुक भुटानसँग एक खर्बभन्दा बढीको व्यापारमा घाटा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।