बागमती प्रदेशका नव नियुक्त मन्त्रीहरुको शपथ

मकवानपुर- बागमती प्रदेशका छजना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरु उत्तम जोशीले स्वास्थ्य मन्त्रालय, पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालय र डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकासमन्त्री र रामकृष्ण चित्रकारले बिना विभागीय मन्त्रीका रुपमा शपथ लिनुभएको हो ।

https://ujyaalonepalnews.com/archives/27450

Previous articleभरतपुर हेर्न लायक सहरका रुपमा विकास भईरहेको छः प्रमुख दाहाल
Next articleसंस्कृति मन्त्रालयले लुम्बिनी विकास कोषलाई सोध्यो १३ बुँदे स्पष्टीकरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।