रत्ननगरका सामुदायिक विद्यालयमा पढाउने ५२ जना शिक्षकको आन्तरिक सरुवा

रत्ननगर । रत्ननगर नगरपालिकाले सामुदायिक विद्यालयका ५२ जना शिक्षककाे आन्तरिक सरुवा गरेकाे छ ।

५० जना प्राथमिक तह, २ जना निमावि तह सहित ४ जना बालविकास शिक्षणकाे आन्तरिक सरुवा गरिएकाे हाे । मेयर प्रल्हाद सापकाेटाले दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन कार्यविधि अनुसार शिक्षककाे सरुवा गरिएकाे भन्दै यसले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार हुने विश्वास ब्यक्त गरे ।

नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले एउटा विद्यालयमा हासिल गरेकाे शैक्षिक अनुभवलाई अर्काे विद्यालयमा उपयाेग गर्ने उद्देश्यले शिक्षककाे आन्तरिक सरुवा गरिएकाे बताए । रत्ननगरमा दरबन्दी र राहत गरि ३२३ जना शिक्षक कार्यरत छन् ।

यहाँ २७ वटा सामुदायिक विद्यालय छन् । चार वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन भइरहेकाे उपमेयर यादब प्रसाद पाठकले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/27475

Previous articleसंवेदनशील ऐक्यबद्धता र प्रतिबद्धता
Next articleअरुण तेस्रो प्रसारण लाइनका लागि ५९७ टावर निर्माण हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।