हेलिकप्टरबाट सुत्केरीको उद्दार

0
82

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ उकुकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उकुकी २७ वर्षीया पुष्पा महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

आइतबार गाउँकै स्वाथ्य चौकीमा महराले बच्चा जन्माएकी थिइन् । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएकाले सोमबार आमा र बच्चालाई जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो ।

बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्दार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/27507

Previous articleमन्त्रालयलाई पत्तै नदिई नियम विपरीत निजीलाई परीक्षा अनुमति
Next articleराष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रम माथि छलफल जारी