चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी पक्राउ

0
67

सिन्धुपाल्चोक, ४ फागुन । नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन् ।

शुक्रबार बेलुका उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले पक्राउ गरेको हो ।

उनलाई धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट पक्राउ गरिएको हो ।

सरस्वती बजारमा शंकास्पद रूपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र ब्यवहार गरेपछि पक्राउ गरिएका तामाङ चन्द समूहका जिल्ला सेक्रेटरी भएको प्रहरीले जनाएको छ ।

मेलम्ची नगरपालिका–९ का तामाङलाई अभद्र ब्यवहारअन्तर्गत कारवाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए । रासस

The post चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी पक्राउ appeared first on Koshi Online.

आजको राशिफल : वि.सं. २०८० श्रावण ०२ गते मङ्गलवार

Previous articleगणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत १८ देखि
Next articleबुधबार बिहानै नेपाल प्रवेश गर्दै पश्चिमी वायु