रुकुमपश्चिममा जिप दुर्घटनाः २२ महिनाको बच्चासहित पाँच जनाको मृत्यु, १० घाइते

रुकुम पश्चिम- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -८, दुलीमा आज भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका -५, हाँसुबाट मेलचौर हुँदै सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा २२ दिनको बच्चा र आमा सहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेको एकिन विवरण आइनसकेकाले सनाखत हुन बाँकी रहेको बताइएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई हेलिकोप्टर मार्फत नेपालगन्ज लगिएको छ ।

अन्य ५ जना सामान्य घाइतेलाई भने उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको प्रहरीले बताएको छ । १५ जना सवार रहेको जिप सडकबाट ४ सय मिटर तल खसेको छ । जिप ब्रेक फेल भएर दुर्घटनामा परेको बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/27560

Previous articleपाँचखाल खानेपानी आयोजना : सात हजार घरमा पानी पुर्‍याइने
Next articleसन्दर्भ गणतन्त्र दिवस : राससमा तस्विर प्रदर्शनी सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।