सहरी विकासको बजेट झण्डै दोब्बरले बढ्यो

काठमाडौँ- सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्‍याएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८०/८१ बजेट सार्वजनिक गर्दै सहरी विकास मन्त्रालयका लागि रु ६६ अर्ब १७ करोड बजेट विनियोजन गरेको बताउनुभयो ।

चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड मात्रै बजेट विनियोजन गरिएको थियो । यस मन्त्रालयलाई आगामी आवको लागि करिब रु ३० अर्ब बढी बजेट विनियोजन गरिएको हो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आव २०८०÷८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताउनुभयो ।।

https://ujyaalonepalnews.com/archives/27731

Previous articleपूर्व-पश्चिम राजमार्ग बिस्तारलाई रु ३१ अर्ब बजेट छुट्याइयो
Next article९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।