विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस कार्यक्रम सम्पन्न।

१७, जेठ चितवन। विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस कार्यक्रम अंतरगत अर्किड स्कुल भरतपुर ले शैक्षिक स्थल वरिपरिको क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाइयोस भन्ने माग राखी आज एक कार्यक्रम विच जिल्ला प्रशासन कार्यालय चितवन मा ज्ञापन पत्र पेश गर्यो!

विद्यालय परिसर देखि जिल्ला प्रशासन कार्यालयसम्म हातमा प्लेकार्ड सहित विद्यार्थीहरुले सचेतनापुर्ण र्याली निकालेका थिए। कार्यक्रम सहजकर्ता एवम अर्किड स्कुल अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतीक्षा श्रेष्ठले जनाए अनुसार ” हामिलाइ खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ हैन” भन्ने विश्व स्वास्थ संगठन को सन २०२३ को नारालाई मुर्तरुप दिन विद्यार्थी हरुले गरेको यश कार्यक्रम मा स्थानीय तदारुकता पनि देखिएको थियो!

विद्यार्थि को ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले स्थानिय प्रशासन ले सकारात्मक पहल द्वारा सुर्तीजन्य पदार्थलाइ नियन्त्रण गर्ने जनाउदै कलिला स्कुल का विद्यार्थीको कदम प्रती प्रशम्शा व्यक्त गर्नु भयो!

https://ujyaalonepalnews.com/archives/27782

Previous articleपाँचखाल औद्योगिक ग्राम : ‘महिला उद्योग ग्राम’मा रुपान्तरण
Next articleसरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।