
काभ्रेको बनेपामा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालक र तीन महिलालाई प्रहरीले पक्राउ गरेको छ।
बनेपा नगरपालिका ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
‘छापा मार्ने क्रममा यौन क्रियाकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएका छौँ,’ इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले भने।
प्रहरीले बनेपा नगरपालिका ८ विद्युत् प्राधिकरणचोकस्थित होटल त्रिशूली खाजाघरका सञ्चालक नरेश तिमिल्सिना र बनेपा ७ गोदामचोकस्थित होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक राजु भन्ने राजीव मानन्धरलाई पक्राउ गरेको हो।
मेलम्ची नरपालिका ७ घर भई हाल बनेपा ८ मा बस्दै आएका तिमिल्सिनाले सञ्चालन गरेको होटलमा केटीसमेत राखेर अवैध यौनधन्दा गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित अन्य एक महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक मानन्धरसहित अन्य दुई महिलालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
मानन्धरसँगै साझेदारीमा रहेको बनेपा नगरपालिका १२ घर भएकी चाँदनी भन्ने मनमाया तामाङ भने फरार भएकी प्रहरीले जनाएको छ।
‘बाहिर खाजाघर देखाएर भित्र यौनधन्दा सञ्चालन गर्दै आएको पाइएका कारण हामीले सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ’, प्रहरी निरीक्षक तिमिल्सिनाले भने, ‘यसअघि पनि बनेपा पुलबजारमा सञ्चालनमा रहेको सेभेनडेज खाजाघरमा यौन कार्य भएको पाइएपछि कारबाही गरेका थियौँ,’ हाल त्यो खाजागर बन्द छ।’
प्रहरीका अनुसार बनेपामा यौन धन्दा सञ्चालन गर्ने होटलको संख्या करिब २० जति छन्। ती होटललाई निगरानी गरिरहेको प्रहरीले जनाएको छ।
बजार क्षेत्रमा केटी जम्मा गर्दै अवैध यौनधन्दा सञ्चालन गरेको पाइएपछि अनुसन्धान तिब्र पारिएको प्रहरीको भनाई छ।
बूढीगण्डकी आयोजनाको निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गरिँदै


