Home Uncategorized अधिकांश प्रदेशमा भोलि सार्वजनिक बिदा, सातमध्ये पाँच प्रदेशमा कहाँ–कहाँ बिदा ?

अधिकांश प्रदेशमा भोलि सार्वजनिक बिदा, सातमध्ये पाँच प्रदेशमा कहाँ–कहाँ बिदा ?

काठमाडौं – माघ १ गते माघे संक्रान्ति र माघीको अवसरमा देशका विभिन्न क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ ।

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभर सबैलाई लागू हुने गरी सार्वजनिक बिदा नदिएपनि प्रदेश सरकारहरूले छुट्टाछुट्टै निर्णय गरेर बिदा दिएका छन् ।

देशका अधिकांश प्रदेश सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेका छन् । माघे संक्रान्तिको अवसरमा प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । देशभर सात वटा प्रदेश रहेकोमा पाँच वटा प्रदेशले भोलि सार्वजनिक बिदा दिएका हुन् ।

संघीय सरकारले भने सम्बन्धित धर्म समुदायलाई मात्रै पर्व बिदा भनेर निर्णय गरेको छ । प्रदेश सरकारले बिदा दिने घोषणा गरेका क्षेत्रमा भने सबै धर्म समुदायले बिदा पाउने छन् ।

प्रदेश सरकारले घोषणा गरेको बिदामा सो क्षेत्रमा रहेका संघीय सरकारका कार्यालय समेत बिदा हुने प्रावधान रहेको छ ।

चीनबाट कोही पनि विदेशी मङ्गोलिया आउन नपाउने

Previous articleएकै दिन ५५ छोरीको बीमा
Next articleकांग्रेसी गाँउपालिका अध्यक्षको कमाल ! डाक्टर बनाउन गाँउपालिकाको लगानी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।