Home Uncategorized कांग्रेसी गाँउपालिका अध्यक्षको कमाल ! डाक्टर बनाउन गाँउपालिकाको लगानी

कांग्रेसी गाँउपालिका अध्यक्षको कमाल ! डाक्टर बनाउन गाँउपालिकाको लगानी

जुम्ला– जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ। यहाँका आठवटा स्थानीय तहमध्ये सो गाउँपालिकाले विद्यार्थीलाई चिकित्सक बनाउन लगानी गर्न लागेको हो।

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए।

चालू आर्थिक वर्षमा उच्चशिक्षा छात्रवृत्तिमा पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए।

उच्चशिक्षा छात्रवृत्ति अध्ययन गर्नका गाउँपालिकाभरिका इच्छुक व्यक्तिहरुबाट आवेदन सङ्कलन गर्न काम भइरहेको जनाएको छ। उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम कार्यविधि नै बनाएर काम सुरू गरेको जनाएको छ।

सात वडामा विभाजित पातारासी गाउँपालिकामा समुद्र सतहदेखि करीब तीन हजार २०० मिटरसम्मको उचाइमा छ। यहाँको कूल घरधुरी तीन हजार १७४ मा १७ हजार १३५ जनसङ्ख्या छ।

फेसबुक, ट्वीटर, युट्युवलगायत सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने

Previous articleअधिकांश प्रदेशमा भोलि सार्वजनिक बिदा, सातमध्ये पाँच प्रदेशमा कहाँ–कहाँ बिदा ?
Next articleप्रचण्डको स्वीकार : हो, मैले मान्छे मारेको हो, ५ हजार मारेको जिम्मेवारी लिन्छु !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।