Home Uncategorized लमजुङ कारागारबाट पर्खाल नाघेर दुई कैदी बन्दी फरार

लमजुङ कारागारबाट पर्खाल नाघेर दुई कैदी बन्दी फरार

लमजुङ- जिल्ला कारागार लमजुङबाट दुई जना कैदी फरार भएका छन् । सदरमुकाम बेसीशहरस्थित जिल्ला कारागारबाट रातको समयमा उत्तर पश्चिम तर्फको पर्खाल नाघेर दुई जना कैदी फरार भएका हुन् ।

भाग्ने कैदीमा गोरखा चुमनुब्री गापा– ३ का चन्द्र बहादुर गुरुङ र मध्यनेपाल नपा–४ लमजुङका विनोद विक रहेको कारागार प्रमुख कमलपति अधिकारीले बताए । उनिहरु राती करिव २ वजे प्रहरी सिफ्ट परिवर्तन हुने समयमा भागेका हुन् ।

विक जबर्जस्ती करणी र डाँका चोरी मुद्धामा र गुरुङ ठगी मुद्धामा कारागार चलान भएका थिए । कैदी फरार भएलगत्तै प्रहरीले खोजीकार्य तीव्र पारेको जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/27809

Previous articleप्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै
Next articleबजेटमा सुदूरपश्चिम : स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि सुक्खा बन्दरगाहसम्म
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।