ओपोका ७ स्मार्ट फोन

0
59

सन् २०१०–२०१९मा ओपोद्वारा भिœयाइएका केही उत्कृष्ट स्मार्ट फोन जसले दशककै प्राविधि विकासको प्रतिनिधित्व गर्छ यहाँ तिनै प्रविधि प्रस्तुत गर्ने प्रयास गरिएको छ :

ओपो फाइन्ड२०११

सन् २०११ मा ओपोले फाइन्ड (एक्स९०३) स्मार्ट फोन सार्वजनिक ग¥यो । उक्त फोनमा साइडस्लिप कभर, फुल किबोर्ड र एन्ड्रोइड सञ्चालन प्रणाली (सो समयमा नौलो र
स्मार्ट फोन प्रविधिका लागि क्रान्तिकारी मानिएको लगायत फिचर्स उपलब्ध गरिएको थियो
। यसमा रहेका अनुकरणीय कलात्मकता र प्रयोगकर्तामैत्री इन्टरफेस भए तापनि यो
ओपोद्वारा उत्पादित अहिलेसम्मकै मोटो फोन हो । तसर्थ
, ओपो फाइन्डलाई अझ हल्का र पातलो बनाउनका लागि यसमा थिथप
कार्य गर्नुपर्ने देखिन्थ्यो ।

ओपो फाइन्डर२०१२

मोटो ओपो फाइन्डका लागि प्राप्त प्रतिक्रियालाई आधार मान्दै उपभोक्तालाई अझ
उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ फोनलाई हल्का र पातलो बनाउन विशेष
डेभलपमेन्ट टिमको स्थापना गरियो । नतिजास्वरूप ओपो फाइन्डरको जन्म भयो ।

अतिरिक्त पातलो यो स्मार्ट फोनका माध्यमबाट फाइन्डबाट फाइन्डरसम्म आइपुग्दा
ओपोले ठूलो छलाङ मा
¥यो । मात्र ६.६५ एमएम मोटाइ र
उत्कृष्ट कार्य क्षमताले सुसज्जित ओपो फाइन्डरले सीएनएन जस्ता विभिन्न
मिडियामार्फत अन्तर्राष्ट्रिय कभरेज पनि प्राप्त ग
¥यो ।

ओपो फाइन्डरको सफलता पछ्याउँदै अल्ट्रा थिननेस स्मार्ट फोन ब्रान्डका लागि एक
मह
Œवपूर्ण प्रोडक्ट डिजाइन
फ्याक्टरका रूपमा स्थापित भयो । फलस्वरूप एकभन्दा अर्कोले अझ पातलो फोन निर्माण
गर्ने स्पर्धा अहिलेसम्म कायमै छ ।

ओपो युलाइक२ २०१२

युलाइक२ को आगमनलाई ब्युटिफाइड सेल्फी युगको सुरुवात मानिन्छ । ओपोका एक
डिजाइनरले राखेको ओपो फोन्सको डिजाइन स्पष्ट तस्बिरका लागि मात्र नभई फोनको
आकारसमेत आकर्षक हुनुपर्ने अवधारणाको अनुशरणमार्फत यसो हुनु सम्भव भएको हो ।

ओपो युलाइक२मा रहेको ब्युटी २.० अल्गोरिथमका साथै, ५एमपी फरवार्ड फेसिङ क्यामेरासहितको पहिलो ओपो उपकरण बन्यो
। ब्युटी २.० अल्गोरिथम सूचारु गरेसँगै यसले स्वचालित रूपमै ब्युटिफिकेसन
इफेक्टमार्फत आकर्षक सेल्फी खिच्न सघाउँछ ।

ओपो एन थ्री२०१४

क्यामेरा मास्टरका रूपमा परिचित ओपो एन थ्री रोटेटिङ स्मार्ट फोन
क्यामेराको अवधारणामै क्रान्ति भि
œयाउने पहिलो फोन हो ।
सुरुचीपूर्ण कार्यान्वयन क्षमतासहितको विद्युतीय रोटेटिङ क्यामेरा उपलब्ध गरिएको
यो नै पहिलो उपकरण हो । १६एमपी लेन्स र अत्याधुनिक ग्राफिक इन्जिन सुसज्जित यो फोन
सन् २०१४को स्ट्रोङ्गेस्ट परफर्मिङ स्मार्ट फोनका रूपमा पनि लिइन्छ ।

फोनको छेउमा राखिएको चार्जिङ पोर्टलगायत यसको आकार र आकर्षक डिजाइनले फोन
चलाउन तथा बोक्दा आरामदायी अनुभवका साथै भिडियो प्ले ब्याक तथा गेमिङलगायत
मल्टिमिडिया प्रयोगका लागि सहजता प्रदान गर्छ । अझ ओपो एन थ्रीमा कम्पनीले
ओक्लिक (छुट्टै किचेन रिमोट) पनि उपलब्ध
गरिएको थियो । यसका माध्यमबाट उपभोक्ताले क्यामेरा रोटेसनका साथै तस्बिर खिच्ने
कार्यसमेत गर्न सक्छन् ।

ओपो आरनाइन२०१६

सन् २०१६मा ओपोले, हालसम्म पनि बजारमा निकै
लोकप्रियता पाउन सफल नयाँ फ्ल्यास चार्जिङ प्रणाली सार्वजनिक ग
¥यो । भोक फ्ल्यास चार्जिङले सुसज्जित ओपो आर नाइनले मात्र ५
मिनेट चार्ज गरेको भरमा २ घण्टासम्मको टक टाइम उपलब्ध गराउने क्षमता राख्छ । २०
मिलियन कपिज् बिक्री हुनुका साथै
,
यसले समग्र मोबाइल फोन
बजारको ४ प्रतिशत हिस्सा हात पार्नुका साथै चिनिया मोबाइल बजारमा सर्वाधिक बिक्री
गर्न सफल रह्यो । सन् २०१६को नोभेम्बर १ मायसले स्वान अवार्ड (चीनमा सर्वाधिक
सम्मानित मोबाइल फोन डिजाइन तथा एप्लिकेसन इनोभेसन)पनि जित्न सफल भयो ।

ओपो फाइन्ड एक्स२०१८

क्रान्तिकारी स्क्रिन डिजाइनसहितको ओपो फाइन्ड एक्सलाई पहिलो पर्फेक्टली
सिमलेस फुल स्क्रिन स्मार्ट फोनका रूपमा लिइन्छ । यसमा रहेको कभर्ड सर्फेस
पानोरामिक स्क्रिन र हिडन फ्रन्ट फेसिङ क्यामेराका कारण फाइन्ड एक्सले आफूलाई
उद्योगकै उच्च स्क्रिन रेसियोसहितको फोनका रूपमा स्थापित ग
¥यो ।

फाइन्ड एक्सको आगमनसँगै यसले सर्वाधिक इफेक्टिभ फुल स्क्रिन स्मार्ट फोन
निर्माणका लागि नयाँ औद्योगिक प्रतिस्पर्धाकै थालनी भयो । फाइन्ड एक्सले कम्पनीको
भिजन
डेयर टु ब्रेक थ्रु एन्ड डेयर
टु इन्नोभेट
,प्रतिको प्रतिबद्धता पनि
प्रदर्शित गरेको छ ।

ओपो फाइन्ड एक्सले टेक युट्युबर एमकेबीएचडीज् स्मार्ट फोन अफदी इयर २०१८मा
बेस्ट डिजाइन अवार्ड पनि हात पार्न सफल भयो ।

ओपो रेनो फाइभजी२०१९

सन् २०१९को सुरुवातसँगै ओपोले आफ्नो नौलो सिरिज ओपो रेनो सार्वजनिक ग¥यो । रेनो टेनएक्स जुम र रेनो फाइभ जी (फाइभ जी
कनेक्टिभिटीको साथमा)
, टेनएक्स हाइब्रिड जुमप्रविधि
र पिभोट राइजिङ क्यामेरा (नोचलेस स्क्रिन डिजाइनका लागि सघाएको) लगायत फिचर्स पनि
उपलब्ध गरिएको छ । ४८एमपी प्राइमरी लेन्स
, १३ एमपी टेलिफोटो लेन्स र ८ एमपी वाइड एंगल लेन्ससहितको फुल(फोकल लेन्थ
ट्राइ)लेन्स रियर क्यामेरासहितको ओपो रेनो टेनएक्स जुमले मोबाइल फोटोग्राफीलाई
नयाँ आयाम प्रदान ग
¥यो । ओपो रेनो फोटोग्राफर तथा
रचनात्मक व्यक्तिका लागि गो टु सिरिजका रूपमा स्थापित भयो । साथै
, ओपो रेनो फाइभ जी युरोपमा व्यावसायिक रूपमा बिक्री थालिएको
पहिलो फाइभ जी स्मार्ट फोन पनि बन्यो । स्विट्जरल्यान्डमा यसको बिक्री आरम्भ
स्विट्जरल्यान्ड भरका स्विस कम पसलमार्फत गरिएको थियो ।

The post ओपोका ७ स्मार्ट फोन appeared first on Rajdhani Daily News.

नेपाल एसपिपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण

Previous articleगृहमन्त्री थापाका भाइलाई थुनामा राख्न उच्च अदालतको आदेश
Next articleफेरी सञ्चालन पछि भोजपुरको षडानन्द तराईसँग जोडियो