भरतपुर २२ असोज- अर्किड स्कुल भरतपुरले विश्व बाताबरण दिवस को अवसर पारेर सप्ताहब्यापी वातावरण सम्बन्धी विविध कार्यक्रम मनाउने क्रममा आज भरतपुर क्षेत्रमा धार्मिक सम्पदा सरसफाइ र बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम संयोजक एवम अर्किड स्कुल अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतीक्षा श्रेष्ठका अनुसार आज स्थानिय मालिका मन्दिर , दुर्गा मन्दिर महाकालेश्वर मन्दिर, गणेशस्थान मन्दिर लगायत वरपर सरसफाइ कार्यक्रम सहित विद्यालयको निमावी भवन भवन क्षेत्रमा बृक्षारोपण गरिएको हो ।
स्काउट समूह र आवासिय विद्यार्थि समूहको संयुक्त कार्यक्रम सप्ताह ब्यापी कार्यक्रमको चौथो कार्यक्रम हो। यस अघि वक्तुत्व कला, पोस्टर प्रदर्शनी र साइकल त्याली सम्पन्न भै सकेको पनि श्रेष्ठले बताउनु भयो ।
https://ujyaalonepalnews.com/archives/27938


