कहाँ छन् वुहानबाट घर फर्कन नपाएका ६ नेपाली, कस्तो छ अवस्था ?

काठमाडौं– शुक्रबार चीनबाट स्वदेश फर्किन १ सय ८१ जना नेपाली वुहानमा जम्मा भएका थिए। तर उद्दार गर्न गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज १ सय ७५ जनालाई मात्र लिएर काठमाडौं फर्कियो।

बाँकी ६ जना वुहानमै छुटे। छुट्नेमा २२ महिने शिशुसहित आमाबुवा र बाँकी तीन जना पुरुष थिए। नेपाल उड्नुअघि मेडिकल जाँचमा शिशुका बुवाको शरीरको तापक्रम ३७.२ डिग्री सेन्टिग्रेडभन्दा माथि देखियो।

त्यसपछि उनलाई विमानस्थलले नेपाल जान दिएनन्। शरीरको तापक्रम ३७.२ भन्दा माथि देखिए चीन सरकारले त्यस्ता व्यक्तिलाई स्वदेश जान नदिने भनेको थियो।

श्रीमान नेपाल आउन नपाएपछि श्रीमती पनि नआउने भइन्।  बाँकी तीनजना पनि शरीरको तापक्रमकै कारण नेपाल आउन पाएनन् । तीनमध्ये दुईजना चिङ्चाओ र एकजना आङ्सोमा बस्छन्। तीन जनाको परिवार वुहानमै बस्ने भएकाले त्यही दिन उनीहरुलाई पुर्याइएको थियो।

युएनआई नेपालको महिला समितिमा खड्का र युवा समितिमा रोकाया निर्वाचित

Previous articleललितपुरकी युवतीको अस्ट्रेलियामा मृत्यु
Next articleगौचनसहित क्रिकेटका अन्तर्राष्ट्रिय प्रशिक्षक थापा पुरस्कृत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।