Home Uncategorized पाल्पास्थित ऐतिहासिक प्रभास तालको कित्ताकाट नरोक्न उच्च अदालतको आदेश

पाल्पास्थित ऐतिहासिक प्रभास तालको कित्ताकाट नरोक्न उच्च अदालतको आदेश

पाल्पा- प्रभास क्षेत्रको ऐतिहासिक प्रभास ताल क्षेत्रको जग्गा कित्ताकाट नरोक्न उच्च अदालत तुल्सीपुरले आदेश गरेको छ । पाँच वर्षअघि तानसेन नगरपालिकाले प्रभास ताल क्षेत्रको जग्गाको कित्ताकाट रोक्ने निर्णय गरेको थियो ।

उक्त क्षेत्रको जग्गा सिमसार क्षेत्रमा पर्ने भएकाले कित्ताकाट रोकेर जग्गाको संरक्षण गर्नुपर्ने निर्णय नगरपालिकाले गरेकोमा हाल उच्च अदालतले प्रभास ताल क्षेत्र वरपर रहेका १७ वटा कित्ता जग्गाको कित्ताकाट नरोक्न आदेश गरेको हो ।

उच्च अदालतका न्यायधीश किरण पौडेल र रमेशराज पोखरेलको संयुक्त इजलाशले प्रभास क्षेत्रमा व्यक्तिको नाममा रहेका १७ वटा कित्ताको जग्गा कित्ताकाट नरोक्न नगरपालिकाको नाममा आदेश गरेको छ ।

तानसेन नगरपालिकाले पाँच वर्षअघि गरेको निर्णयको विपक्षमा अखण्डप्रसाद बैँजुलगायत नौँ जनाले मुद्दा दायर गरेका थिए । प्रभास ताल वरपर रहेका व्यक्तिका जग्गा कित्ताकाट गरेर सिमसार क्षेत्रमा घडेरी प्लटिङ् गरिएको थियो ।

घडेरी प्लटिङ् गर्दा सिद्धार्थ राजमार्ग क्षेत्रको माटो ताल क्षेत्रका सिसार जग्गाा पुरिएको थियो । ताल पुरिएको र सिमसार क्षेत्र नष्ट भएको भन्दै नगरपालिकाले जग्गा कित्ताकाट गर्न नदिने र मालपोत तथा नापीमा सिफारिस नगर्ने सम्बन्धित निकायमा परिपत्र गरेको थियो ।

नगरपालिकालका कानुनी सल्लाहकार कृष्ण पराजुलीले उच्च अदालतबाट कित्ताकाट फुकुवा गर्न र सम्बन्धित अन्य कार्यालयलाई समेत आदेशबारे जानकारी दिन नगरपालिकामा पत्र आइपुगेको बताउनुभयो ।

अदालतको आदेश कार्यान्वयनबारे नगरपालिकामा छलफल भइरहेको बतइएको छ । अदालतको आदेशले ऐतिहासिक प्रभास ताल क्षेत्रको जग्गा घडेरीमा परिणत हुने स्थानीय बासिन्दाले आशंका गरेका छन् । प्रभास ताल क्षेत्र वर्षौदेखि कमल पोखरीका रुपमा रहेको थियो ।

अब उक्त क्षेत्रको सिमसार जग्गा पुरिने र घडेरी बन्ने सम्भावना रहेको स्थानीय बासिन्दाको भनाई छ । प्रभास ताल क्षेत्रमा जिल्ला समन्वय समिति, पाल्पाको नाममा ३४ रोपनी जग्गा छ । त्यसबाहेक पोखरी रहेको क्षेत्र पनि व्यक्तिको नाममा रहेकाले सिमसार क्षेत्र मासिन सक्ने स्थानीय बासिन्दाको भनाई छ ।

https://ujyaalonepalnews.com/archives/28026

Previous articleचिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद
Next articleसन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने ओईसीडीको प्रक्षेपण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।