Home Blog Page 130

अन्तरजातिय बिबाह गर्ने जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ प्रदान

मुगु- मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातिय विवाह गर्ने जोडिलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ रकम उपलब्ध गराएको छ । छाँयानाथ रारा नगरपालिका–१० चराप गाँउका देविकृष्ण कामीको जोडीले अन्तरजातिय बिबाह गरेपछि उनहरुलाई छायाँनाथ रारा नगरपालिकाले प्रोत्साहन बापत एक लाख रुपैया उपलब्ध गराएको हो ।

छाँयानाथ रारा नगरपालिकाको आर्थिक बर्ष ०७।०८० को नीति तथा कार्यक्रमअनुसार नगर प्रमुख स्वरोजगार कार्यक्रम अन्तरगत अन्तरजातिय बिबाह गर्ने पहिलो एक जोडीलाई छाँयानाथ नगरपालिकाले प्रोत्साहन बापत सो रकम उपलब्ध गराएको हो ।

सोरु गाँउपालिका–४ लिब्रकी २४ बर्षिया रञ्जिता बुढा र छाँयानाथ रारा नगरपालिका–१० का २५ बर्षिय देबि कृष्णा कामीबिच दुई बर्षसम्म प्रेम सम्बन्ध थियो । लामो समयको प्रेम सम्बन्धपछि दुबै जनाको सहमतिमा गत माघ १३ गते बिबाह भएको हो ।

सो नगरपालिकाले अन्तरजातिय विवाह गर्ने जोडिलाई १२औ नगरसभामा दलित नीति पास गर्दै अन्तरजातिय विवाह गर्ने जोडिलाई एक लाख प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

नगरपालिकामा नगरप्रमुखको हातबाट एक लाख रुपैयाको चेक पाउँदा साह्रै खुसि लागेको छ । आफ्नो श्रीमती १२ कक्षामा पढ्दै छिन्, नगरपालिकाबाट पाएको यो रकम उनको पढाईमा खर्च गर्छु देबी कृष्णाले हर्षित हुँदै बताए ।

अन्तरजातिय विवाह गर्ने सो जोडिलाई छायाँनाथ रारा नगरपालिकामा नगर उपप्रमुख एश्वर्य मल्लले फूल माला लगाएर स्वागत र सम्मान गर्नुभयो । नगर प्रमुख बिष्णु कुमार भाले एक लाखको चेक हस्तान्तण गर्दै सो जोडिलाई रकम उपलब्ध गराउनु भएको थियो ।

https://ujyaalonepalnews.com/archives/33038

उच्च अदालतको आदेश : ‘पोखराको लेकसाइड २४ घण्टा खोल्न दिनू’

कास्की- उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ ।

उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले आज लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो ।

यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिनुभएको थियो । बरालले दिएको रिट निवेदनउपरमा बहसपछि अदालतले अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि कानुनविपरीतको कार्य भएको अवस्थामा बाहेक कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न इजलासबाट आदेश भएको अदालतका उपरजिष्ट्रार एवं सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।

अर्यालका अनुसार निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश गरिएको हो ।

अदालतले निवेदन मागअनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले १५ दिनभित्र विपक्षीका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत, लिखित जवाफ पेस गर्न विपक्षीलाई आग्रह गरेको छ ।

रिटमा निवदेकले गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नम्बर २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको दाबी थियो ।

यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता त्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले पक्षमा बहस गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/33037

बागमती प्रदेश सरकारको बुधबार बसेको बैठकका निर्णय

मकवानपुर- बागमती प्रदेश सरकारको बुधबार बसेको बैठकले “बागमती प्रदेश भ्रमण वर्ष २०२४ ” घोषणा गर्ने निर्णय गरेको छ ।

पर्यटक प्रवद्धनका लागि भ्रमण वर्ष घोषणा गर्ने निर्णय पारित भएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताउनुभयो ।

साथै, बैठकले पाँच वटा मन्त्रालयको कर्मचारी संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने लगायत सात वटा निर्णय गरेको छ । बैठकले प्रदेशका अधिकृतस्तर एघारौं तहमा ३ जनालाई बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।

कृषि विकास निर्देशनालय हेटौंडाको प्रमुखमा सुधीर श्रेष्ठ, कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र भण्डाराको प्रमुखमा नारायण कुमार श्रेष्ठ र डा. गौरीमान श्रेष्ठलाई पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको निर्देशकको रुपमा पदस्थापना गरिएको सरकारका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यस्तै, बैठकले प्रदेश प्रमुखको कार्यालय सवलीकरण कार्यक्रम कार्यान्वयन गर्न १० लाख रुपैयाँ खर्च गर्न स्वीकृतीे प्रदान गरेको छ । उपसभामुख अप्सरा चापागाईँको अष्ट्रेलिया भ्रमणका लागि सरकारी प्रवेशआज्ञा (भिसा) सिफारिस, पर्यटन पूर्वाधार संचालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गरिएको छ ।

साथै, जाजरकोट भुकम्प पिडितलाई घोषणा गरिएको सहयोग रकम १ कारोड ५० लाख कर्णाली प्रदेशको प्रदेश विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/33036

भरतपुर-१ मा कलात्मक ढुङ्गेधारा निर्माण

भरतपुर- पवित्र धार्मिक तिर्थस्थल जाने बाटोमा निर्माण भएको कलात्मक ढुङ्गेधाराको औपचारिक उद्घाटन गरिएको छ ।

भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुङ्गेधाराको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गर्नुभएको हो ।

देवघाटधाम आउने तिर्थालु तथा मलामीहरुलाई लक्षित गरी वागमती सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन हेटौडाले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सो ढुङ्गे धारा निर्माण गरेको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले काठमाडौँपछि भरतपुरमा पहिलो पटक ढुङ्गे धारा निर्माण भएको दाबी गर्नुभयो ।

ढुङ्गे धारा निर्माण स्थललाई आर्कषक र यसको संरक्षण गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने पनि सो अवसरमा मेयर दाहालले बताउनुभयो ।
महानगर प्रमुख दाहालले देवघाट क्षेत्रको विकासका गर्न महानगरपालिकाले प्राथामिकताका साथ बजेट विनियोजन गर्दै आईरहेको उल्लेख गर्नुभयो ।

उहाँले देवघाट क्षेत्रमा बस पार्क, सडकको स्तरोन्ती, शवदाह गृह लगायतका महत्वपूर्ण पूर्वाधार निर्माणका कार्य भईरहेको बताउनुभयो ।
खानेपानी तथा सरसफाई डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाईपबाट सो स्थानमा पानी ल्याईएको हो ।

भरतपुर महानगरपालिकाको सहकार्यमा वागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपैयाँ खर्च भएको प्रमुख पौडेलले बताउनुभयो ।

धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना रहेको जानकारी उहाँले दिनुभयो । भरतपुर भ्रमण वर्ष २०२४ घोषणा भएसँगै देवघाट आउने धार्मिक पर्यटकलाई प्राचिन ढुङगे धाराको महत्वबारे थप स्पष्ट पार्ने प्रमुख दाहालले बताउनुभयो ।

भरतपुरको आँपटारीदेखि देवघाट पुन्यभूमिसम्म जाने बाटोको बीचमा भक्तजन यात्रीहरु, पितृ विश्राम स्थल तथा सम्पूर्ण प्राणीजनलाई पानीको आवश्यकता पुरा गर्न मौलिकशैलीकै प्रचिन ढुङ्गे निर्माण गरिएको प्रचिन ढुङ्गे धारा, स्रोत संरक्षण खानेपानी उपभोक्ता समितिका अध्यक्ष मधु अधिकारीले जानकारी दिनुभयो ।।

https://ujyaalonepalnews.com/archives/33035

स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ

काठमाडौँ- काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद रु २६ लाख ५७ हजारसहित दुई जनालाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई सो रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33034

बागमती प्रदेशका १२ जिल्लाका २७ सामुदायिक विद्यालयसँग बस खरिद सम्झौता

मकवानपुर- दुर्गम भेगका बिद्यार्थीहरुलाई सहजरुपमा स्कुल ल्याउन बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यो आर्थिक वर्षमा प्रदेशका १२ जिल्लाका २७ वटासामुदायिक विद्यालयसँग बस खरिद सम्झौता गरेको छ । मन्त्रालयले निर्धारण गरेको मापदण्डका आधारमा छनौट भएका माध्यामिक तहका बिद्यालयसँग खरिद सम्झौता गरिएको हो ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष र शिक्षा विकास निर्देशनालयका प्रमुख दिपेन्द्र सुबेदीले सम्झौतामा हस्ताक्षर गरेका थिए । सिन्धुली बाहेकका १२ जिल्लाका २७ वटा सामुदायिक विद्यालयले बस खरीदका लागी सम्झौता गरेका हुन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री मोक्तानले बिद्यालय बस सञ्चालनबाट बिद्यार्थीहरु सहजै स्कुल आउने वातावरण बनेको बताउनुभयो । यो कार्यक्रमले सामुदायिक विद्यालयमा बिद्यार्थीको आकर्षण बढेको छ ।

सामुदायिक विद्यालय मर्ज हुँदा बिद्यालय आउन घण्टौ हिड्नुपर्ने बालबालिकाका लागि स्कुल बस सहयोगी हुने मन्त्री मोक्तानले दाबी गर्नुभयो । विद्यालयको शैक्षिक गुणस्तर बृद्धि हुनुका साथै सबै सामुदायिक विद्यालयमा विद्यार्थीको सहभागिता समेत बढ्ने मन्त्री मोक्तानले विश्वास व्यक्त गर्नुभयो ।

बस खरिदका लागि प्रति बिद्यालय २५ लाख रुपैयाँ बजेट छुट्याईएको छ । बागमती प्रदेश सरकारको अनुदान सहयोगमा हाल ७० वटा सामुदायिक विद्यालयले बस सञ्चालन गरिरहेका छन् ।

https://ujyaalonepalnews.com/archives/33033

पाल्पाका ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

पाल्पा- पाल्पामा ट्रिपर दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहेको प्रहरीले जनाएको छ ।

आलेले ट्रिपरबाट हामफाल्दा सोही ट्रिपरको टायरले किच्दा घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान पूर्वी पाल्पाको निस्दी गाउँपालिका, ७ मोटेखर्कस्थित ज्यामिरेदेखि नवलपुरतर्फ जादै गरेको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी चालकसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा निस्दी गाउँपालिका ७ बस्ने २५ वर्षीया हिमाली आले, ट्रिपर चालक मकवानपुर जिल्लाको मनोहरी गाउँपालिका वडा नं. ९ बस्ने २६ वर्षीय अन्जन सुनार र सह चालक सोहीमकवानपुरको हेटौडा ९ बस्ने आषिश सुनार रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचारका लागि नवलपुरतर्फ पठाइएको पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33032

राज्य व्यवस्था समितिका सदस्यहरु अनुगमनका लागि भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौँ-प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सदस्यहरु स्थलगत अध्ययन र अनुगमनका लागि जाजरकोट–भूकम्पबाट प्रभावित क्षेत्रतर्फ जानुभएको छ ।
गत शुक्रबारको भूकम्पपछि उद्धार तथा राहत वितरणको अवस्था बुझ्न र आवश्यक अनुगमन र निर्देशनका लागि उहाँहरु आज बिहान सुर्खेतबाट जाजरकोट लाग्नुभएको हो ।
समितिले भूकम्प प्रभावितका लागि उद्धार र राहत वितरण गर्न मुख्य मुकाम तोकिएको सुर्खेतमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहित उपलब्ध सरकारी अधिकारीसँग हालसम्मको खोज, उद्धार, स्वास्थ्य उपचार र राहतबारे जानकारी लिएको सभापति खतिवडाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “हामीले आज बिहान ८ बजेसम्मको सम्पूर्ण जानकारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सुर्खेतस्थित कर्णाली सरकारका प्रमुख तथा प्रतिनिधि र सुरक्षा र प्रशासनका प्रमुखहरुसँग लिएका थियौँ । अब त्यसबमोजिम नागरिकको उद्धार र राहत वितरणको अवस्थाको अध्ययनका लागि हामी केही क्षणमा जाजरकोट पुग्दैछौँ ।”
सभापति खतिवडाले राहात वितरण एवं आवश्यक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी हालतमा राखिएको, सबै घाइतेको उपचार भइरहेको, हाल एकजना घाइतेमात्र आइसियुमा रहेका र अहिले अस्पतालमा ९९ जना घाइते उपचाररत रहेका सुर्खेतमा ‘ब्रिफिङ’का क्रममा दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार सर्खेतमा ब्रिफिङका क्रममा अहिलेसम्म करिब दुई अर्ब ४५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिइएको थियो ।
त्यस्तै सो भूकम्पबाट ११ हजारभन्दा बढी घरमा आंशिक र १६ हजारभन्दा बढीमा पूर्ण रुपमा क्षति पुगेको भन्दै आफूहरुले ती आंशिक क्षति पुगेका घर पनि सबैजसो ढुंगामाटोको रहेकाले काम नलाग्ने अर्थात् पूर्ण क्षतिको सूचीमा राखेर राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको पनि सभापति खतिवडाले जानकारी दिनुभयो ।
अहिलेसम्म करिब ८० प्रतिशत पीडितलाई राहत उपलब्ध गराइएको, उद्धारको काम सकिएकाले अब राहत वितरणका काममा केन्द्रित भएको, आवश्यकताअनुसार कम्तीमा २० जना अट्ने त्रिपाल ठाउँठाउँमा राखेर पीडितलाई सहयोग उपलब्ध गराइएको, चीनले पठाएका राहत सामग्रीहरु पोखराबाट जाजरकोटतर्फ आउँदै गरेका जानकारी गराइएको पनि सभापति खतिवडाले जानकारी दिनुभयो ।
जाजरकोट र रुकुम पश्चिमका राहत नपाएका बाँकी सबै प्रभावित पालिकामा आजै राहत सामग्री पुग्ने जानकारी आफूहरुले पाएको उहाँले बताउनुभयो । आवश्यक राहत पुर्याउने प्रयोजनका लागि सुर्खेतमा नेपाली सेनाका तीनओटा हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी गराइएको पनि सभापति खतिवडाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँको अवस्था हेर्दा मान्छे आउने, तस्बिर खिच्ने तथा भीडभाड मात्र गर्ने गरेको पाइएकाले यस्ता कार्य हटाई सबैलाई मानवीय सेवामा लगाउन तथा राहात तथा उद्धारका काममा लागेका सुरक्षाकर्मी तथा उद्धारकर्तालाई अवरोध नगरी सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने देखिएको छ ।”
आफ्नो निजी खर्चमा समितिका सभापति खतिवडा, सदस्यहरु एवं नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू, नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङलगायत सांसद्हरु काठमाडौँबाट सुर्खेत हुँदै आज जाजरकोट पुग्दै हुनुहुन्छ ।
गत शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पा जाँदा एक सय ५३ जनाको मृत्यु भएको थियो भने तीन सयभन्दा बढी घाइते भएका थिए ।

https://ujyaalonepalnews.com/archives/33031

भूकम्पपीडितका लागि प्राधिकरणद्वारा रु एक करोड प्रदान

काठमाडौँ- जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गर्नुभएको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले दिनुभयो ।
जाजरकोट केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी एक सय ५३ जनाको मृत्यु भएको छभने दुई सय ५० भन्दा बढी घाइते भएका छन् । घाइते तथा स्थानीय पीडितका लागि विभिन्न सरकारी निकाय एवं सङ्घसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ ।।

https://ujyaalonepalnews.com/archives/33030

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

सर्लाही- गोडैता नगरपालिका–८, सिसौटियामा गएराति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

गाउँको भित्री सडकमा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा ट्याक्टरका चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सह-चालक गोडैता नगरपालिका–८, का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो ।

चालक अशेश्वरलाई उपचारका लागि मलंगवाबाट वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा नै र सह–चालक शंकरको घटनास्थलमै मृत्यु भएको डीएसपी दीपेन्द्र पन्जियार बताउनु भयो ।

दुर्घटनामा गोडैता नगरपालिका–८, बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८, बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते छन् । उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33029