Home Blog Page 145

मन्त्री साउद र सिनेटर होलेनबीच भेटघाट

वासिङ्टन डिसी- परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार यहाँ भेटघाट भएको छ ।

भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो । साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर होलेनले गत सेप्टेम्बर महिनामा नेपालको भ्रमण गर्नुभएको थियो ।

अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस (टीपीएस) मार्फत स्थायी बसोबासका लागिसमेत बिल तयार पार्नुभएका, मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुनुहुन्छ ।

सिनेटर होलेनसँगको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, उपनियोग प्रमुख कुमार खरेललगायत उपस्थित हुनुहुन्थ्यो । मन्त्री साउद हाल अमेरिकाको औपचारिक भ्रमणमा हुनुहुन्छ ।

https://ujyaalonepalnews.com/archives/32788

डोटी ट्याक्टर दुर्घटना अपडेट: एकको मृत्यु, चार जनाको अवस्था गम्भीर

डोटी- डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १९ जना घाइते भएका छन् । भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ घोरडी स्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ करिब ८ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २४/२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका-१ घोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परि १८ वर्षका सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो ।

घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि धनगढी पठाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/32787

स्थानीयको विरोधपछि तस्करीका सामान सिरहा प्रहरीले समात्यो

सिरहा- पछिल्लो समय सिरहा तस्करीको अखड़ा बन्दै गएको छ । सिरहाको विभिन्न नाकाहरु मध्ये ठाडी भन्सार तर्फबाट व्यापक रुपमा तस्करी हुन थालेपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् ।

भन्सार छलीका समान लिएर अवैध रुपमा नेपाल भित्रिदै गरेको ज १ च १९३० नम्बरको पिकअप गाडीलाई धनगढीमाई नगरपालिका-१० का स्थानीयले नियन्त्रणमा लिएका छन् ।

आफूहरुले प्रमाणसहित सिरहा प्रहरीलाई पटक पटक तस्करीबारे सूचना दिएपनि सो सूचनालाई वेवास्ता गरेपछि आफूहरु बाध्य भएर तस्करीका मालसमान बोकेका पिकअप गाड़ीलाई नियन्त्रण लिनुपरेको स्थानीयको भनाइ छ ।

यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डीएसपी) रबिन्द्र राज पाण्डेका अनुसार सिरहाको धनगढीमाई नगरपलिका-१० स्थितबाट ईलाका प्रहरी कार्यालय धनगढ़ीले गत आइतवार १५ लाख बढ़ी मूल्य बराबरका अवैध रुपमा भित्र्याइएका लत्ताकपड़ा सहितको पिकअप गाडी र सोही पालिकाको वडा नम्बर -९ स्थित चैनपुर घर भएका उतिमलाल राउत समेतलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभएको छ ।

तस्करीको अखड़ा बन्दै सिरहा

राजस्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख सुरेश आचार्यका अनुसार चोरी तस्करी नियन्त्रण साता अन्तर्गत सिरहामा मात्र गत असोज महिनाको एक साताभित्र करिब ३ करोड़ रुपैयाँ बढ़ी मूल्य बराबरको चोरी तस्करीका अवैध समानहरु नियन्त्रणमा लिइएको छ ।

राजस्व अनुसन्धान कार्यालयका टोलीले असोज १३ गते पचास लाख मूल्य बराबरको अवैध कपड़ा सिरहा नगरपालिका–१५ को सीमावर्ती सुखचैना गाउँस्थित चन्द्रनारायण यादव आधारभूत विद्यालय परिसर भित्र पिकअपमा लोड गर्दै गरेको अवस्थामा र बगैँचामा लुकाएर राखेको लत्ताकपडा बरामद गरेको प्रमुख आचार्यले जानकारी दिनुभयो ।

त्यसको भोलिपल्टै असोज १४ गते राजस्व अनुसन्धान कार्यालय इटहरीकै टोलीले लत्ताकपडासहितको ट्रक नियन्त्रणमा लिएको थियो । गत आइतवार दिउँसो सल्हेश मार्ग हुँदै चोहर्वातर्फ जाँदै गरेको भन्सार छलीका अवैध कपड़ासहितको ट्रक नियन्त्रणमा लिएको थियो ।

राजस्वको टोलीले तेश्रो दिनसमेत छापा मारेर अवैध कपडा बरामद गरेको थियो । असोज १५ गते सोमबार सिरहा नगरपालिका–१५ सुखचैना स्थितप्रहरी चौकी खिरौनाबाट करीब दुई सय मिटरको दुरीबाट अवैध कपडा बरामद गर्‍यो । भन्सार छलेर भारतबाट ल्याएको करिब ३२ लाख मूल्य बराबरको १६ गाँठ लत्ताकपडा बरामद गरिएको थियो ।

लगत्तै असोज १६ गते मंगलबार विहान पनि राजश्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी बल सिरहाले संयुक्त रुपमा सिरहा नगरपालिका–१८ तारापट्टी टोलबाट लुकाई राखेको करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ७८ पोका लत्ताकपडा बरामद गर्‍यो ।

सिरहाको मुख्य ब्यापारिक केन्द्र मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मार्दा त्यहाँबाट समेत अवैध लत्ताकपडा बरामद भएको थियो ।

यसरी राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट मात्रै करिव ३ करोड बढीको भन्सार छलेर ल्याएको लत्ताकपडा एक साताभित्र बरामद गरेको राजश्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिनुभयो । सिरहा तस्करीको अखड़ा बन्दै गएको प्रति भने स्थनीयहरु चिन्तित छन् ।

https://ujyaalonepalnews.com/archives/32786

मकवानपुरमा पहिलोपटक गैरआवासीयलाई नागरिकता प्रदान

मकवानपुर- मकवानपुर जिल्लाबाट पहिलो पटक गैरआवासीय नेपालीले नागरिकता लिएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ११ की संजीता विडारीले बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट गैरआवासीय नागरिकता लिनुभएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईँले संजीता विडारीलाई नागरिकता प्रमाणपत्र प्रदान गर्दै जिल्लामा पहिलोपटक गैरआवासीय नेपालीको लागी नागरिकता वितरण कार्य सुरुवात गर्नुभएको हो ।

नागरिकता प्राप्त गर्नुअघि विडारीले संविधानप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक गैरआवासीय नेपालीको रुपमा कर्तव्य पालना गर्ने भन्दै इश्वर,देश र जनताका नाममा सपथ लिनुभएको थियो ।

साथै उहाँका श्रीमान् श्रीकृष्ण थापालेपनि बुधबारनै गैरआवासिय नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । थापा दम्पति विगत १५ वर्षदेखि अष्ट्रेलिया बस्दै आएका छन् ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनैतिक र मताधिकार बाहेकका सबै अधिकार प्राप्त गर्नेछन् ।

https://ujyaalonepalnews.com/archives/32785

लेक लागेर प्रहरीको मृत्यु

कास्की- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणका क्रममा अन्नपूर्ण आधार शिविरमा खटिनुभएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वतको मोदी गाउँपालिका ६ निवासी हाल घान्द्रुक प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक टीकाराम ढुङगाना रहनुभएको छ ।

उहाँ आधार शिविरमा यहि कार्तिक ११ गतेदेखि खटिनुभएको थियो । बुधबार विहान त्यहाँबाट पैदल मार्ग हुँदै पुनः घान्द्रुक फर्कने क्रममा विचबाटोमा अचानक श्वास प्रश्वासमा समस्या आएपछि ढुङगानाको निधन भएको कास्की प्रहरीले जनाएको छ ।

उहाँलाई बुधबार बिहान अम्दाजी सवा ७ बजेको समयमा श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि विहान ९ बजेतिर एयर डाइनेष्टिको हेलिकोप्टर मार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएकोमा करिव १० बजेतिर उपचारमा संलग्न चिकित्सकले मृत घोषणा गरेका हुन् ।

https://ujyaalonepalnews.com/archives/32784

प्रधानाध्यापक हत्यामा सार्पसुटरको प्रयोग, पक्राउ परेका पाँच जना सार्वजनिक

बारा- बाल एकता बोर्डिङ स्कुलका संचालक रुपेश स्वर्णकारको हत्यामा सार्पसुटर संलग्न भएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । हत्यामा सम्लग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक समेत गरेको छ ।

बिवाहपछि पनि प्रेम सम्बन्ध, रिसिवी र झैझगडाका कारण हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक शुरेश काफ्लेले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ ।

पक्राउ पर्नेमा मुख्य योजनाकार र सूचना अदानप्रदान गर्ने कलैया उपमहानगरपालिका वडा नम्बर मर्दशा टोल निवासी बर्ष २२ कि राधा गुप्ता, सहयोगीहरु सोही ठाँउ निवासी बर्ष ३४ का जामिल अख्तर, वडा नम्बर ९ रामपुर बस्ने बर्ष २६ को रिजाल अंसारीलाई सार्वजनिक गरिएको छ ।

त्यसैगरी पक्राउ पर्नेमा सुटर ग्याङ्गका सदस्य भारत मोतिहारी निवासी २३ बर्षका चन्दन कुमार र मोतिहारी घोडासहान निवासी बर्ष २३ को अभिनव कुमार राजपुत रहेका छन् ।

घटनास्थलबाट प्रहरीले चार थान गोलीको खोका बरामद गर्नुको साथै गोली प्रहार गर्ने ब्यक्तिहरुको पहिचान समेत भईसकेको उहाँले बताउनुभयो । हत्यामा यसअघि पनि बिभिन्न हत्याका घटनामा प्रयोग भएको हतियार र एउटै सार्पसुटर मोतिहारी सुकलहिया निवासी २५ बर्षिय सुजित कुमार सिंह र सोही ठाँउ निवासी चन्चल पाण्डेय, मनिष कुमार सहनी र कामेश्वर सहनी रहेको प्रहरी उपरिक्षक काफलेले बताउनुभयो ।

मुख्य योजनाकार राधा गुप्ता र भारत निवासी विवाहित मनोज गुप्ताबिच प्रेम समबन्ध रहेको र मृतकसंग तिब्र विवाद र झैझगडाका कारण घटना हुन पुगेको प्रहरीको भनाई छ ।

मृतक रुपेशको हत्या गराउनका लागि भारत निवासी शिक्षक समेत रहेका मनोजले रु १ लाख रुपैया सुटरलाई दिएको अनुसंन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको र चाडै अपराधीलाई पक्राउ गर्ने प्रहरी उपरिक्षक काफलेले बताउनु भयो ।

https://ujyaalonepalnews.com/archives/32783

भ्रामक टिप्पणी नगर्न माओवादीको अनुरोध

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी महासचिव देवप्रसाद गुरुङले एक प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट गर्नुभएको छ । विज्ञप्तिमा भ्रामक समाचार एवं टिप्पणी नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/32782

दश महिनामा आठ लाख पर्यटक

काठमाडौँ- सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए ।

अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार चार सय ८०, अमेरिकाबाट १४ हजार आठ सय ७९, बेलायतबाट आठ हजार दुई सय १७, चीनबाट छ हजार आठ सय ८०, अष्ट्रेलियाबाट छ हजार ७५, जर्मनीबाट पाँच हजार नौ सय ११, फ्रान्सबाट पाँच जहार दुई सय ७१, बङ्गलादेशबाट चार हजार दुई सय ९२, श्रीलङ्काबाट दुई हजार पाँच सय ७ र इटालीबाट दुई हजार चार सय ६७ पर्यटक नेपाल आएका थिए ।

https://ujyaalonepalnews.com/archives/32781

आममाफी दिने निर्णयमा आज फैसला सुनाउँदै सर्वोच्च

काठमाडौँ- सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइ हिजो सकिएको छ भने अदालतले आज निर्णय सुनाउने भएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने जानकारी दिएको हो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफासिरसँगै ढकाल कारागारमुक्त भएका थिए ।

ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि बुधबारका लागि सुनुवाइ निर्धारण भएको थियो ।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।

https://ujyaalonepalnews.com/archives/32780

पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइनेः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्‍याइने बताउनुभएको छ ।

नेकपा (एमाले) ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मी प्रधानमन्त्रीले उक्त विषयमा प्रमुख दलका नेताहरुसँगको छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी दिनुभयो ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूले छलफल गरेको र छलफल सकारात्मक रहेको आफूले महसुस गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्याय टुङ्गोमा पु¥याउन आफूहरु स्पष्ट रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले मुलुकको विद्यमान अवस्थाप्रति गम्भीर भएर कार्यसूचीका आधारमा एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले सबैको लक्ष्य मुलुकको समृद्धि भएकाले साझा चासोको विषयमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/32779