Home Blog Page 59

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन्। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा भनिन्छ।

एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्।

वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ।

च्याउ टिप्न जाँदा वनमौरीले टोक्दा राप्तीमा तीनजना घाईते

उज्यालो नेपाल। चितवनको राप्तीमा वनमौरीले टोक्दा तीनजना घाईते भएका छन्। राप्तीको वडा नं. २ मिलनटोल बस्ने तीनजना महिलाहरु च्याउ खोज्न जंगल गएका बेला बनमौरीले टोकेर घाइते भएका हुन्।

घाइते हुनेमा वर्ष ४८ कि सुन्तली चेपाङ, वर्ष ३१ कि अनुषा प्रजा र वर्ष ३३ कि अस्मिता चेपाङ छन्। उनीहरू हिजो साउन १ गते दिउँसो २:३०को समयमा स्थानिय  शिवशक्ती सामुदायिक बनमा च्याउ खोज्न गएकोमा मौरी (खाग) ले टोकेर घाईते भएका हुन्।

घाइते मध्ये सुन्तली चेपाङको अवस्था गम्भीर छ। उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ।

आज साउने सङ्क्रान्ति, घरघरमा लुतो फालेर मनाइँदै

काठमाडौँ । आज साउन महिनाको पहिलो दिन, विभिन्न कार्यक्रमका साथ साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् ।

हिलो माटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, सङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।

साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ । महिलाहरूले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् ।

साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ। साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।

चित्रसारी मन्दिरमा सन्ध्याकालिन आरती सुरु हुँदै

रत्ननगर । साैराहाकाे निकटमा रहेकाे चित्रसेन बाबा मन्दिरमा साउन १ गतेबाट सन्ध्या आरती र शिवपुराण महायज्ञ सुरु हुँदैछ । चित्रसेन बाबा मन्दिर आरती व्यवस्थापन समिति र चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिकाे सयुक्त आयाेजनामा सन्ध्या आरतीकाे शुभारम्भ तथा महायज्ञ आयाेजना गरिएकाे हाे ।

धार्मिक पर्यटनकाे विकासकाे लागि मन्दिरमा सुरु गर्न लागिएका सन्ध्या आरतीकाे निरन्तरताकाे लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयाेजना गरिएकाे आरती व्यवस्थापन समितिका अध्यक्ष गाेकर्ण गिरीले जानकारी दिए ।

धर्म,संस्कृति मार्फत पहिलाे पटक धार्मिक पर्यटनकाे विकास गर्ने उद्देश्यले सन्ध्या महागंगा आरती सुरु गर्न लागिएकाे उनकाे भनाई छ । एक गतेबाट शुभारम्भ भएकाे सन्ध्या आरती हरेक हप्ताकाे साेमबार गर्ने र आवश्यकता महसुस भए शुक्रबार पनि गर्ने प्रारम्भिक याेजना रहेकाे उनले बताए ।

आयाेजक दुईवटै समितिले आइतबार पत्रकार सम्मेलनकाे आयाेजना गरि सन्ध्या आरती र महायज्ञकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । महायज्ञमा पण्डित बालकृष्ण अर्यालले कथाबाचन गर्ने र महायज्ञबाट ३० लाख रूपैया संकलन गर्ने याेजना रहेकाे छ ।

१० लाख खर्च गरेर २० लाख जाेगाएर आरती सञ्चालनकाे लागि अक्षयकाेष स्थापना गर्ने आरती व्यवस्थापन समितिका अध्यक्ष गिरीले बताए । महायज्ञ उद्घाटन पूर्व चित्रसारीमा कलशयात्रा निकालिने छ ।

पत्रकार सम्मेलनमा वडा नं ८ का वडासदस्य केदार श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जलराम महताे, रेवान साैराहाका अध्यक्ष ध्रुव गिरी, आरती व्यवस्थापन समितिका सल्लहाकार एकनारायण पाैडेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम सचिव पुष्पराज मरहठ्ठाले सञ्चालन गरेकाे कार्यक्रममा उपाध्यक्ष निलकण्ठ पाैडेलले स्वागत मन्तव्य राखेका थिए ।

२० करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेलबाट करिब ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौँको ठमेलस्थित होटलमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध कोकिन जस्तो देखिने ५ केजी ८२० ग्रामसहित मलेसियाकी महिलालाई पक्राउ गरेको हो ।

सो लागूऔषध करिब २० करोड ३७ लाख बराबरको रहेको प्रहरीले बताएको छ ।

प्रधानमन्त्री नियुक्त भएपछि ओलीको प्रतिक्रिया- ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी शर्मा ओलीले पहिलो प्रतिक्रिया दिदै सबैमा सम्मान र सबैलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै ओलीले भनेका छन्- ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी चौथो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले प्रधानमन्त्री पदको शपथ सोमबार बिहान ११ बजे लिने भएका छन् ।

काँग्रेस र एमालेबीच टुंगियो मन्त्रालयको भागबन्डा

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन् ।

स्रोतका अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र  बन मन्त्रालय पाउने भएको छ ।

त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ ।

कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिएपनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारे अझै निर्णय भएको छ । अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मन्त्री छान्न अन्तिम परामर्शमा रहेको र मन्त्री बन्नेको सूची सोमबार बिहान मात्र टुंगो लाग्ने बताइएको छ ।

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका हुन् ।

ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए ।

तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अब शपथ भने सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपतिको कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ गर्ने गरी तयारी गरेको छ ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहाननै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् ।

सिमलताल दुर्घटना : अहिले सम्म बगेका बसका पाँच जनाको शव भेटियो

चितवन —गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ ।

काठमाडौंबाट गौरतर्फ गइरहेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको वा्गमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौंतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।

सिमलताल दुर्घटना : यात्रुको अवस्था अझै अज्ञात, बिहानैदेखि खोजी सुरु

बस र यात्रु खोजका लागि परिचालन भएका सुरक्षाकर्मी भरतपुर,२८ असार नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले बगाउँदा त्रिशूली नदी

चितवन, असार २९ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुई बस र त्यसमा रहेका यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार शुक्रबार दिनभर भएको खोजी कार्य साँझ रोकिएकोमा आज बिहानैबाट फेरि सुरु गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गरिरहेको हो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या भएपछि शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी भइरहेको बताए । उनले भने, ‘धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ ।’

काठमाडौँबाट गौरतर्फ गुडेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँका आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।

काठमाडौँबाट गौरतर्फ गएको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएको प्रजिअ यादवले जानकारी दिए । उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन् ।