Home Blog Page 60

भेटिएनन् त्रिशूलीमा खसेका दुवै बस, शुक्रबारको खोजी कार्य स्थगित

काठमाडौँ । पहिरोले त्रिशूली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता रहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शुक्रबार दिनभर खोजी कार्य गरे पनि फेला पर्न सकेको छैन ।

प्रहरीका अनुसार शुक्रबार बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं २९ सिमलतालमा पहिरोमा परी दुई यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए ।

त्रिशूलीमा खसेका बसमा वीरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।

वीरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको निवर्तमान गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए ।

अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए ।

अहिलेसम्म यात्रुको अवस्था अज्ञात रहेको र शुक्रबारका लागि खोजी कार्य स्थगित भएको प्रहरीले जानकारी दिएको छ ।

136

राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान, ओली प्रधानमन्त्री बन्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन् ।

कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन् ।

नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति पाैडेलले आइतबार साँझ ५ बजेसम्मकाे समय दिएकाे शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

शैक्षिक गुणस्तर सुधारका लागि बछाैली माविमा अन्तरक्रिया

साैराहा । रत्ननगर नगरपालिका वडा नं.६ बछाैलीमा रहेकाे बछाैली माविले विद्यालयमा शैक्षिक सुधारका लागि अन्तरक्रिया गरेको छ। विद्यालयमा अतिरिक्त कक्षा संचालन गर्न र शैक्षिक गुणस्तर सुधारका लागि विधालय व्यवस्थापन समितिले अभिभावकहरु संग अन्तरक्रिया कार्यक्रम गरिएकाे हो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष किरण महताेले अभिभावकले विद्यालयमा आएर आफ्ना छोराछोरीको वास्तविक शैक्षिक अवस्था बेलाबेलामा बुझ्नु पर्ने, अनुगमन गर्ने, कमिकमजोरी औंल्याउने जस्ता काममा सकृय हुनु पर्नेमा जोड दिए । पर्याप्त आधार हुँदाहुँदै विभिन्न बाहनाबाजि गर्दै शैक्षिक उपलब्धिको बिषयमा ध्यान नदिने विद्यालय प्रशासक र शिक्षकहरु प्रति अब कठोर बन्ने उनको भनाई छ ।

समितिका अध्यक्ष राममणि खनालले विद्यालय र शिक्षक लागेर मात्र शिक्षा क्षेत्रको गुणस्तरमा परिवर्तन ल्याउन नसकिने बताउनुभयो। गुणस्तरीय शिक्षा हासिल गर्नका लागि सरोकारवाला पक्ष सवै जिम्मेवारी वन्न पर्ने बताए।

 

कार्यक्रममा विधालयका निमित प्रधानाध्यापक अात्माराम शर्माले विषयगत शिक्षकको व्यवस्था, अभिभावक बढी जिम्मेवार हुनुपर्ने, परिमार्जित पाठ्यक्रम अनुसार शिक्षकलाई तालिमको व्यवस्था गर्न सके शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने बताए।

कार्यक्रममा छिमेकी बिधालय गैवै माविका प्रधानाध्यापक ऋषिप्रसाद खनालले शिक्षक नियमित हुनुपर्ने बताउँदै शिक्षा क्षेत्रमा सहयोग बढाउन सुझाव दिनुभयो। कार्यक्रममा अभिभावक र सराेकारवाला गरि ४० जनाकाे सहभागिता रहेकाे थियाे ।

चितवनको पहिरोमा बसको झ्यालबाट हामफालेका यात्रुको बयान, म त बाँचेँ, सँगैका साथी बेपत्ता भए

चितवन : काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् ।

रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन् । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्‍याइएको छ ।

अर्को बस चढेर नारायणगढतर्फ जाँदै गर्दा सिसवाधमौराका एक यात्रुले घटनाबारे भनेको भिडियो प्राप्त भएको छ ।

ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएका छन् ।

ती यात्रुका अनुसार उनीसँगै क्याबिनमा चार जना पनि थिए । उनले आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् ।

एक भिडियोमा उनलाई अरु यात्रुहरुले ‘सामानको के कुरा ज्यान जोगिनु ठूलो कुरा हो’ भन्दै सम्झाएको सुनिन्छ । आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ ।

यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन । पहिरोमा परेर बससहित यात्रुहरु त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोले दुईवटा बस त्रिशूलीमा बगायो, ६५ जना यात्रुको अवस्था अज्ञात

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन्। उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन्।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए। उनले भने, ‘हामी घटनास्थलमा छौँ। पानी परिरहेकाले समस्या भइरहेको छ। उद्धारको काम थालिएको छ। पहिरो पन्छाउन सुरु गरिएको छ।’

उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए। रासस

चन्द्र भण्डारीलाई मन्त्री बनाउने देउवाको तयारी, ओलीको पनि चाहना

काठमाडौं, २७ असार । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने सरकारमा क-कसलाई पठाउने भन्ने विषयमा छलफल थालेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसँग नयाँ सरकारमा पठाउने मन्त्रीहरुको नाम टुँगो लगाउनको लागि छलफल थालेका हुन् ।

यसपटक कांग्रेसबाट क्लिन छवि भएकाहरुलाई सरकारमा पठाउनुपर्ने आवाज उठेको छ । रमेश लेखक गृहमन्त्री बनेर सरकारमा सहभागी हुने निश्चित् भएको छ । उनको नाममा करिब करिब सहमति जुटिसकेको छ ।

यसपटक गुल्मीबाट निर्वाचित सांसद डा. चन्द्र भण्डारीलाई पनि मन्त्री बनाउनुपर्ने भनेर पार्टीभित्रै बलियो आवाज उठेको छ ।

सभापति देउवाले पनि भण्डारीलाई यसपटक मौका दिने मन बनाएका छन् । अहिलेसम्म मन्त्री नबनेका भण्डारी सबै दलका नेता तथा कार्यकर्ताहरुले रुचाउने नेताको रुपमा परिचित छन् । उनलाई आफू नेतृत्वको क्याविनेटमा सहभागी गराउनको लागि ओलीपनि ईच्छुक छन् ।

कांग्रेस सभापति देउवासँग भएको मन्त्रालय बाँडफाँटको छलफलमा ओलीले भण्डारीलाई सरकारमा पठाउनको लागि सिफारिश गरेका छन ।

कांग्रेसले परराष्ट्र मन्त्रालयको नेतृत्वमा डा. आरजु राणा देउवालाई पठाउने निधो गरिसकेको विश्वस्त स्रोतको दाबी छ । अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाएकी आरजु हाल प्रतिनिधिसभाको कृषि समितिको सभापतिको जिम्मेवारीमा छिन् ।

 

भरतपुर अस्पतालमा एमआरआई सेवा सुरु

चितवन । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।

प्रा डा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास समितिको रु पाँच करोड गरी रु ३० करोडमा मेसिन खरिद गरिएको हो ।

स्वास्थ्य बीमाले तय गरेको रु नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उनले जानकारी दिए। दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ ।

अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो ।

अस्पतालमा आउने बिरामी मध्ये दुर्घटनाका धेरै हुने बताइएको छ । अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ । अस्पतालमा ‘क्याथल्याब’ सञ्चालन गर्ने तयारी गरिएको छ । रासस

 

बाढीमा ज्यान गुमाएका ३ किशोरीको सामूहिक अन्त्येष्टि, शोकमा डुब्यो पुनर्वास

कन्चनपुर । बाढीमा ज्यान गुमाएका कन्चनपुर नगरपालिकाका तीन किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ ।

आज तीनै जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडा अध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए ।

हिजो दिउँसो पुनर्वास नगरपालिका–५ गाउँका १६ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १३ वर्षीया आरती बोगटीको रातोखालीमा डुबानमा परेर निधन भएको थियो ।

दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी थिए ।

मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नारायणी नदी किनारमा ३ वटा शव फेला

नवलपरासी पूर्व — गैंडाकोटस्थित नारायणी नदीमा सडे गलेको अवस्थामा ३ वटा शव फेला परेको छ ।

डीएसपी बेदबहादुर पौडेलका अनुसार गैंडाकोट नगरपालिका-१ स्थित मजुवा सामुदायिक वन नजिक २ पुरुष र एक महिलाको शव मंगलबार बिहान फेला परेको हो ।

शव बाढीले बगाएर ल्याएको हो । शवको सरजमिन मुचुल्का गरिरहेको पौडेलले जानकारी दिए ।

मुकुललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस

२५ असार, काठमाडौं । रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।

रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

सो सिफारिसबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।

रास्वपाका एक नेताका अनुसार आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ ।