Home Uncategorized सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट : ब’लात्कार नभएको पुष्टि

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट : ब’लात्कार नभएको पुष्टि

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट : ब’लात्कार नभएको पुष्टि

काठमाडौँ, असार २४ गते । चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ’त फेला परेकी सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा बला’त्कार नभएको पुष्टि भएको छ । पोष्टमार्टम रिपोर्टमा शरीरमा कुनै किसिमको चो’ट पटक नदेखिएको तर दायाँ हातमा ब्लेडले थोरै का’टिएको तर ब’लात्कार नभएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले बताउनुभएकाे हाे । सुजिताको श’वको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको हो ।

डिआईजी सिंहले भन्नुभयो,“कसैले गर्भवती छ भन्ने भनिरहेका थिए, तर त्यस्तो केही छैन ।” पोष्टमार्टम रिपोर्ट आएको तर अहिले हेर्न भने नमिल्ने उहाँले बताउनुभयो । पोष्टमार्टमबाट सुजिताको ‘हाइमेन नच्यातिएको’ भेटिएको डिआईजी सिंहले बताउनुभयो । उहाँले भन्नुभयो,“हाइमेन च्यातिएको छैन, रिपोर्टसँगै सुजितामाथि बला’त्कार नभएको पुष्टि भएको छ ।

भि–सेरा परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा पठाइएको छ ।” भि–सेरा परीक्षणबाट वि’ष खाएको वा नखाएको पत्ता लाग्ने उहाँको भनाइ छ । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको श’व आइतबार साँझ भेटिएको थियो । असार ११ मा विहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यही दिन दिउँसो दिदीलाई फोन गरेर आफू अप’हरणमा परेको जानकारी गराएकी थिइन् ।

चितवनमा आजदेखि आदिवासी जनजाति साँस्कृतिक महोत्सव सुरु हुदैँ

Previous articleखोप लगाउन नपाउँदा विदेश जाने कामदार मर्कामा; खाई पाई आएको रोजगारी समेत गुम्ने ख’तरा
Next articleचाँदीको बालाको लागी दिदीले गरिन् भाईको ह’त्या: बाला बेचेर काठमाडौं जाने दाउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।