प्रचण्डको स्वीकार : हो, मैले मान्छे मारेको हो, ५ हजार मारेको जिम्मेवारी लिन्छु !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले चलाएको सशस्त्र विद्रोहमा मान्छे मारेको जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

काठमाडौंको टुँडिखेलमा आयोजित थारू राष्ट्रिय माघी महोत्सव तथा थारू संवत् २६४३ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई सशस्त्र विद्रोहका बेला १७ हजार मान्छे मारेको अभियोग लागेको बताउँदै राज्यका तर्फबाट त्यसबेला १२ हजार मान्छे मारेको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे ।

‘मलाई १७ हजार मान्छे मारेको अभियोग लगाइन्छ तर राज्यले मारेका १२ हजार मान्छेको जिम्मेवारी कसैले लिन्छ भने बाँकी ५ हजार मान्छे मारेको जिम्मेवारी म लिन्छु,’ प्रचण्डले जिम्मेवारी लिँदै भने ।

प्रचण्डले क्रान्तिको बाटो बाङ्गोटिङ्गो हुने पुरानो अभिव्यक्ति दोहोर्‍याउँदै सोझो बाटोबाट क्रान्ति सफल नहुने दाबी समेत गरेका छन् । ‘क्रान्ति सधैं सोझो बाटोबाट हुँदैन, दायाँबायाँ भइरहन्छ । अहिले दायाँबायाँ भएको छ तर आत्तिनु पर्दैन,’ थारू आन्दोलनप्रति लक्षित गर्दै प्रचण्डले भने ।

ओम् नम: शिवाय, आज फाल्गुन १३ गते विहिबार ( २५ फेब्रुअरी २०२१), तपाईंको राशिफल पढी शे’यर गर्नुहोला।

Previous articleकांग्रेसी गाँउपालिका अध्यक्षको कमाल ! डाक्टर बनाउन गाँउपालिकाको लगानी
Next articleप्रचण्डलाई भयंकर ठूलो डर, राखे ७७ जना सुरक्षाकर्मी !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।