जेल सजाय सुनाइएपछि पूर्व जेलरले अदालतमै गरे आत्महत्या

अदालतले तीन वर्षको जेल सजाय सुनाएपछि रुसमा एक पूर्व जेल कर्मचारीले अदालतमै आत्महत्या गरेका छन्।

भिक्टर सिरिदोव नामक ती व्यक्तिले आफैँलाई गोली हानेको बताइएको छ। उनी कुनैबेला संघीय जेल सेवाको यातायात विभाग प्रमुख थिए।

उनीविरुद्ध जबर्जस्ती असुलीको मुद्दा लागेको थियो। मस्कोस्थित चेर्तानोव्स्की अदालतमा न्यायाधीशले उनलाई पक्रिन आदेश दिएलगत्तै सिरिदोवले आफ्नै टाउकोमा गोली हानेका थिए।

पेस्तोल उनी आफैँले ल्याएको बताइएको छ। घटनापछि अदालतको सुरक्षाव्यवस्थाबारे अनुसन्धान सुरु भएको छ।

उनी क्यान्सरका रोगी भएको बताइएको छ। एजेन्सी

ईपीएल उद्घाटनमा पोखरा र ललितपुर भिड्ने (खेल तालिकासहित)

Previous articleसेनाको ट्रक दुर्घटना हुँदा एकको मृत्यु, ६ जना गम्भीर घाइते
Next articleअमेरिकी दूतावासले नेपाली क्रिकेट टोलीलाई भन्यो : शानदार जीतका लागि बधाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।