ब्रिटिस दूतावासले उचाल्यो ट्रफी

कतार राज्यको राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपालस्थित कतार राजदूतावासले फुटबल खेल प्रतियोगिताको आयोजना गरेको छ।

मंगलबार ललितपुरको हात्तिवनस्थित हिमालयन स्पोर्टस् एरिनामा आयोजित फुटवल खेल प्रतियोगितामा नेपालस्थित कतार दूतावासलगायत ८ वटा टिमको सहभागिता रहेको थियो।

लिग चरणबाट खेल्न शुरू गरिएको खेलमा ८ वटै टिमले एक अर्कासँग प्रतिस्पर्धा गरेका थिए। कतार राजदूतावास, कतार च्यारिटी, रसियन राजदूतावास नेपाल, व्रिटिश राजदूतावास नेपाल लिग चरणबाट खेल जितेर सेमिफाइनल प्रवेश गरेका थिए। सेमिफाइनल राउण्डमा भने कतार राजदूताबास व्रिटिश राजदूतावाससँग पराजित भएको थियो भने कतार च्यारिटि रसियन राजदुतावाससँग पराजित भएको थियो।

हरेक खेललाई ३० मिनेटको अवधि तोकिएको भएपनि खेल अत्यन्त रोमाञ्चकारी भएको थियो। कतार च्यारिटि र रसियन राजदूतावास बीचको खेलमा दुवै टिमलाई खेल आफ्नाे पक्षमा पार्न हम्मे हम्मे परेको थियो। धेरै समयको रस्साकस्सीपछि पेनाल्टि शुटआउटमा रसियाले एक गोलका विरूद्द २ गेल गरेर खेल आफ्ने पक्षमा पार्न सफल भएको थियो।

86259990_185576872540136_4811022502971047936_n.jpg

फाइनलमा व्रिटिश राजदूताबास र रसियन राजदूतावास बीचको खेल पनि अत्यन्तै रोमाञ्चकारी थियो। ३० मिनेटको खेलमा व्रिटिश राजदूतावासले रसियन राजदूतावासलाई ३ गोलका विरूद्द ६ गोल गरी पराजित गरेको थियो। खेलमा विजयी व्रिटिश टिमले मेडलसँगै ट्रफि प्राप्त गर्यो भने रसियन टिमका खेलाडीले मेडल प्राप्त गरेका छन्।

बाहिरियो न्यून चापीय प्रणाली, आजदेखि मौसम सुधार हुने

Previous articleअमेरिकी दूतावासले नेपाली क्रिकेट टोलीलाई भन्यो : शानदार जीतका लागि बधाई
Next articleअहिलेको नम्बर १ विकेट ‘टेकर’ मै हुँ : सन्दीप लामिछाने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।