सकेट बम र रेडबुल बमसहित ५ जना पक्राउ

संखुवासभाको चैनपुर नगरपालिका १ गुफापोखरीस्थित दोभानेबाट सकेट बम १ थान, रेडबुल बम १ थान र बिभिन्न कागजातहरु सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका ४ बस्ने २७ वर्षीय सन्तोष तामाङ, अजय शेर्पा, सभापोखरी गाउँपालिका ३ बस्ने एलिना राई, भोजपुर षडानन्द नगरपालिका १० बस्ने प्रभा तामाङ र ताप्लेजुङ तातोपानी गाउँपालिका १ बस्ने निमनेम्बा शेर्पा रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरी तलासी गर्दा ती बिष्फोटक पदार्थहरु र बिभिन्न कागजातहरु फेला पारेको हो।

त्यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तातोपानीमा मह र कागती मिसाएर पिउनुको फाइदा

Previous article‘कोरोनाविरुद्धको चिनियाँ प्रयासले सकारात्मक परिणाम दिइरहेको छ’
Next articleवुहानमै रोकिए १० जना नेपाली, १७५ जना काठमाडौं उडे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।