हात्तीको आक्रमणबाट घाइते राधाले उपचारको क्रममा ज्यान गुमाईन्

यो समाचार अडियोमा सुन्नुहोस् 

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको मसिनेमा जंगली हात्तीको आक्रमणमा परी घाइते भएकी महिलाको मृत्यु भएको छ ।

सोमबार बिहान करेसाबारीमा काम गर्दै गरेकी मनहरी गाउँपालिका-४, मसिनेकी ६४ वर्षीया राधा अधिकारी हात्तीको आक्रमणबाट घाइते भएकी थिइन् ।

अधिकारीको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । आक्रमणपछि गम्भीर घाइते अधिकारीलाई चुरेहिल अस्पताल हेटौंडा ल्याइएको थियो ।

अस्पतालले थप उपचारका लागि दिउँसो चितवन रेफर गरेको थियो भने हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी-३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा आज दिउँसो तोडफोड र आगजनी समेत गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/26465

Previous articleचितवनमा ५३ किलो गाजा ओसारपसार गर्दैगर्दा नाबालक सहित दुई जना पक्राउ
Next articleग्लोबल आईएमई बैंकमा रोजगारीको सुवर्ण अवसर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।