Home Uncategorized भद्रकाली माविका ११ जना विद्यार्थीको कालिका मोटरसाइकल पार्टस द्वारा अभिभावकत्व ग्रहण

भद्रकाली माविका ११ जना विद्यार्थीको कालिका मोटरसाइकल पार्टस द्वारा अभिभावकत्व ग्रहण

चितवन , १८ भदौं । पूर्वी चितवनको कालिका मोटरसाइकल पार्टसले थप ११ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता कालिका मोटसाइकल पार्टसले मोटरसाइकल विक्रीबाट केहि रकम छुट्याएर स्थापना गरेको कालिका यामाहा कोषबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक समाग्री र पठनपाठनमा सहयोग गर्दै आएको छ । यसअघि नै २४ जना विद्यार्थीको अभिभावक बनेको मोटरसाइकल पार्टसले थप ११ जनाको अभिभावकत्व ग्रहण गरेको हो ।

सोमबार एक कार्यक्रमका बिच कालिका मोटरसाइकल पार्टसका प्रबन्ध निर्देशक एवं कालिका यामाहा कोषका अध्यक्ष उत्तम अधिकारीले रत्ननगर १६ स्थित भद्रकाली माध्यमिक विद्यालयमा अध्ययनरत गरिव,विपन्न तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको घोषणा गरेका हुन् ।

मोटरसाइकल पार्टसले प्रती मोटरसाइकल र स्कुटर बिक्रिबाट कोषमा पाँच ÷पाँच सय रुपैयाँ जम्मा गर्दै आएको छ । सोही कोष मार्फत पुर्वी चितवनका विभिन्न विद्यालयका विद्यार्थीलाई कक्षा १२ सम्म अभिभावक बनेर निशुल्क शिक्षामा सहयोग गर्दै आएको छ । भद्रकाली माबिमा यसअघि पाँच जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको थियो ।

यस शैक्षिक शत्रमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने थप ११ जना विद्यार्थीलाई कक्षा १२ सम्म कोषले कापी,कलम, विद्यालय पोशाक, झोलादेखि मासिक शुल्क तिरिदिनेछ । विद्यार्थीहरु युवराज वाइवा,पुजा तामाङ ,बिनिशा नेपाली,ससिका प्रजा,दिपा प्रजा,आरती परियार,कृतिका अगस्ति,दिनेश परियार,उपेक्षा मगर,समिरा परियार र समीर परियारको अभिभावक बनेको हो । ती विद्यार्थीहरुलाई आज कापी,कलम,जुत्ता,मोजा,झोला,पोसाक लगायत शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

ती विद्यार्थी मध्य पाँच जनाको लागि तिनवटा साइकल समेत प्रदान गरिएको कोषकी निरीक्षक सुजाता खनालले बताइन् । एकै परिवारका सदस्य भएकाले शसिका प्रजा र दिपा प्रजालाई एक थान,एकै परिवारका समिरा परियार र समिर परियारलाई एक थान तथा आरति परियारलाई एक थान साइकल प्रदान गरिएको खनालले जानकारी दिइन् । विद्यालय पठनपाठनका लागि आवतजावतमा समस्या रहेको विद्यालयले जानकारी गराएपछी उनिहरुलाई साइकल समेत दिइएको हो ।

रत्ननगर १६ का वडा अध्यक्ष हेमराज थापा,कोषका अध्यक्ष अधिकारी ,खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठले ,समाजसेवी मुरली गजुरेलले सयुक्त रुपमा उनिहरुलाई शैक्षिक सामाग्री र साइकल हस्तान्तरण गरे । अभिभावकत्व ग्रहण तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा कोषका अध्यक्ष अधिकारीले उनिहरुको उच्च शिक्षा पछि जागिरका लागि पनि अवसर दिने भन्दै लगनशील र मिहिनेतका साथ अध्ययन गर्न आग्रह गरे ।

व्यवसायबाट भएको आम्दानी मध्यबाट थोरै भए पनि समाजका लागि केही लगानी गर्ने उदेश्यले कालिका मोटरसाइकलको २० औं वार्षिक उत्सवको अवसरमा स्थापना गरिएको कोषमा हालसम्म २७ लाख ३८ हजार रुपैयाँ संकलन भइसकेको छ । सुरुवातमा प्रत्येक मोटरसाइकल र स्कुटर बिक्रीबाट दुई सय रुपैयाँ छुट्याउने गरेकोमा पछिल्लो समय पाँच सय रुपैयाँ छुट्याउने गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/31033

Previous articleऐंचो पैंचो’ काे टिम चितवन आउँदा दर्शकको तछाड मछाड
Next articleचेपाङ समुदायको न्वाँगी पर्वमा बागमती प्रदेशका तिन जिल्लामा शुक्रबार सार्वजनिक बिदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।