नाइजरमा खाद्यान्न वितरणका समय भागदौड मच्चिँदा कम्तीमा २० को मृत्यु

निआमी, नाइजर । नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोगमा आएको खाद्यान्न वितरणका समय सोमबार भागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

सहयोगी गैरसरकारी संस्थाले भनेका छन्, “रासन वितरण भइरहेका समय एक्कासी भागदौड मच्चिएको र उक्त घटनामा २० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।” भागदौडमा मृत्यु भएका मध्ये अधिकांश महिला र बालबालिका रहेका अस्पताल स्रोतले बताएको छ ।

साभार : रासस

The post नाइजरमा खाद्यान्न वितरणका समय भागदौड मच्चिँदा कम्तीमा २० को मृत्यु appeared first on Rajdhani Daily News.

बाँकेमा मुस्लिम समुदायका अगुवाहरुले यसरी मनाए दसैँ

Previous articleसरकारका सकारात्मक कामको प्रचार गरौँ : मुख्यमन्त्री पोखरेल
Next articleआजको राशिफल : फागुन ६ गते, मंगलबार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।