विद्यालयका कार्यालय सहयोगी मृत भेटिए

कञ्चनपुरमा एक जना मृत अवस्थामा भेटिएका छन्। बेलौरी नगरपालिका–४ बुटावारीका ५२ वर्षीय हर्क बहादुर बोहरा स्थानीय रिछाह भन्ने ठाउँमा मंगलवार दिउँसो मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए।

सरस्वती माध्यमिक विद्यालयको कार्यालय सहयोगी समेत रहेका बोहरा बेलौरी नगरपालिका–४ रिछाह स्थित गोर्खे रानाको खेतमा मृत अवस्थामा भेटिएका हुन। मृत भेटिएका बोहरा बिगत २८ वर्षदेखि सरस्वती माध्यमिक विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेका थिए। उनी एक महिनाअघिदेखि विदामा रहेका थिए।

बिहानको खाना खाए पछि घरपरिवारको सम्पर्क नआएका बोहरा मृत भेटिएका हुन। मृतक बोहरा कलेजो सम्बन्धी रोगबाट ग्रसित रहेको परिवारलाई उद्दृत गर्दै प्रहरी निरीक्षक चन्दले बताए। अहिले मृतक बोहराको शव श्रीपुर स्वास्थ्य केन्द्रमा राखिएको छ।

दिल्लीको हायात होटलको रेस्टुरेन्टमा पसेकाले क्वारेन्टाइनको नियम पालना गर्नुपर्ने

Previous articleअर्काको घरमा ग्रिनेड राख्ने पूर्व सैनिक पक्राउ
Next articleकथित धर्मगुरुको उपदेश : रजस्वाला भएका बेला पतिलाई खाना पकाए कुकुरको जुनी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।