अर्काको घरमा ग्रिनेड राख्ने पूर्व सैनिक पक्राउ

अर्काको घरमा ‘प्याष्टिक ह्याण्ड ग्रिनेड’ राख्ने एक जना पूर्व सैनिकलाई आज प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार ललितपुरको गोदावरी नगरपालिका– ५ लेलेबाट नेपाली सेनाका पूर्व हबल्दार राजकुमार सार्कीलाई पक्राउ गरिएको हो।

स्थानीय सुकराम मिजारको घरमा ग्रिनेड फेला परेपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सार्कीले राखेको पत्ता लागेपछि पक्राउ गरिएको जनाइएको छ।

ग्रिनेड राख्नुको कारण भने खुलेको छैन। घटनाको विषयमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ। उक्त ग्रिनेडलाई नेपाली सेनाको बम निष्क्रिय टोलीले निष्क्रिय पारेको छ। रासस

दु:खद् खबर: काम गर्दागर्दै साउदीमै अ’स्ताए सोनाम

Previous articleबुहारीलाई मट्टितेल खन्याएर जलाउन खोज्ने सासु जेल चलान
Next articleविद्यालयका कार्यालय सहयोगी मृत भेटिए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।