कथित धर्मगुरुको उपदेश : रजस्वाला भएका बेला पतिलाई खाना पकाए कुकुरको जुनी

केही दिनअघि भारतको गुजरातस्थित भुज सहरको एउटा स्कुलमा रजस्वाला भएनभएको जाँच गर्न ६६ जना किशोरीको कपडा खोलिएको थियो।

श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट नामक सो स्कुलमा विद्यार्थीमाथि दुर्व्यवहार गरेका प्रिन्सिपल रिता रनिंगा, कोअर्डिनेटर अनिता चौहान, होस्टेल सुपरभाइजर रमिला हिरानी र पियन नयना गोरसियालाई प्रहरीले सोमबार पक्राउ पनि गरिसकेको छ।

सो स्कुल एउटा मन्दिरले सञ्चालन गरिरहेको छ। जसको नाम हो, स्वामीनारायण मन्दिर। सो मन्दिरका एक धर्मगुरु हुनर स्वामी कृष्णस्वरुप। यी स्वामीले रजस्वालाबारे दिएको उट्पट्याङ अभिव्यक्ति अहिले चर्चामा छन्।

‘रजस्वाला भएकी महिलाले पतिलाई खाना पकाएर खुवाए ऊ अर्को जुनीमा कुकुर्नी भएर जन्मिन्छे। त्यस्तो खाना खाने लोग्नेमान्छे भने साँढे भएर जन्मिन्छ,’ यी धर्मगुरु भन्छन्।

त्यसैले पुरुषहरुले पनि खाना पकाउनुपर्ने सुझाव उनले दिएका छन्।

उनको सो भिडियो केही पुरानो भएको बताइएको छ।

स्वामीको यस्तो दाबीको अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ। एजेन्सी

अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा

Previous articleविद्यालयका कार्यालय सहयोगी मृत भेटिए
Next articleनेविसंघ तातेका बेला स्ववियू निर्वाचनमा कसले गर्‍यो षड्यन्त्र ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।