सिटिजन्स बैँक द्धारा अपाङ्ग र बहिरा बालबालिकालाई नगद सहयोग

डोल्पा । डोल्पामा रहेको सिटिजन्स इन्टरनेशल बैँकको शाखाले बहिरा तथा अपाङ्ग बालबालिका र अन्य बालबालिकाहरुलाई पचास पचास हजारको चेक दिएर सहयोग गरेको छ ।

सिटिजन्स बैँकको सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत डोल्पामा पहिलो पटक मुकुटेश्वर अपाङ्ग सेवा समिति डोल्पाका २० जना फरक क्षमता भएको बालबालिका र बाल मन्दिर आधारभुत बिद्यालयतका १० जना बहिरा बालबालिकाहरुलाई पचास हजारको चेक हस्तान्त्रण गरेको हो ।

त्यसैगरि, सदरमुकाममै रहेको सरस्वती माध्यामिक बिद्यालयका बालबालिकाहरुको लागि पनि पचास हजारको चेक हस्तान्त्रण गरेको सिटिजन्स इन्टरनेशल बैँकको शाखाका प्रबन्धक नबिन बोहोराले जानकारी दिए ।
बैँकले हस्तान्त्रण गरेको रकमबाट अपाङ्ग बालबालिकाहरुलाई लत्ता कपाडा र खानेकुरा किन्ने मुकुटेश्वर अपाङ्ग सेवा समितिका अध्यक्ष चन्द्रबहादुर रोकायाले जानकारी दिए । भने, सरस्वती माबिमा भने खेलकुदका सामाग्रिहरुमा खर्च गर्ने भन्दै प्रधानाध्यापक सत्यानारायण सिँहले बैँकलाइ,धन्यबाद दिए ।

बैँकले सामाजिक सेवामा ठुलो रकम सहयोग गरेको यो पहिलो पटक हो । सिटिजन्स इन्टरनेशल बैँकको शाखाको डोल्पामा २०७१ जेष्ठ १० गते शुभारम्भ गरिएको थियो भने हाल यसका ८९ शाखा र ९० एटिएम रहेको शाखा प्रमुख बोहोराले जानकारी दिए ।

The post सिटिजन्स बैँक द्धारा अपाङ्ग र बहिरा बालबालिकालाई नगद सहयोग appeared first on Rajdhani Daily News.

संक्रमितहरु स्वस्थ बनेपछि चीनले बन्द गर्‍यो वुहानको अस्थायी अस्पताल

Previous articleसिस्नु संरक्षणका लागि रोशी गाउँपालिकामा सिस्नु खेती कार्यक्रम
Next articleभिटेनले फेरी गाए छाडा गीत (भिडियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।