भिटेनले फेरी गाए छाडा गीत (भिडियो सहित)

Click Image

ईटहरी / कथा, सिम सिमे पानि, हामि यस्तै त होनी ब्रो आदि र्याप गितबाट अत्याधिक चर्चा कमाएका र्यापर भिटेन अर्थात समिर घिसिङ्गले भर्खरै नया र्याप गितको भिडियो “यात्रा” सार्बजनिक गरेका छन् । सो गीतको भिडियोलाई उनकै नामको युट्युब च्यानल ‘भी टेन म्युजिक’ बाट सार्बजनिक गरिएको छ । सार्बजनिक उक्त गीत तथा भिडियो यतिबेला चर्चा संगै युट्युब ट्रेण्डिङ्गको चौथो स्थानमा पुग्न सफल भएको छ । हेर्नुस भिडियो :

उक्त र्याप गितको भिडियोको निर्देशन, कन्सेप्ट, तथा कम्पोज स्वयम् भी टेनकै रहेको छ । विभिन्न बाधा अड्चन आए पनि पछिल्लो समय भीटेनले गएका गितहरु एकपछि अर्को हुदै क्रमश:सफलता पाइरहेका छन् । उनको प्राय गीतमा छाडा सब्द रहेको पाइन्छ । छाडा सब्द प्रयोग गरेकै कारण केहि उनका गीतलाई युटुब बाट हटाउन समेत लगाइएको थियो भने उनको यो र्याप गीतमा पनि नेपाली समाजमा अपच हुने छाडा सब्द प्रयोग गरेका छन् भने उक्त र्याप गितको भिडियोलाई राजिभ सेरचनले सम्पादन गरेका छन् ।

सार्बजनिक ‘यात्रा’ बोलको गित ट्रेण्डिङ्गको पहिलो स्थान पकड गरे संगै १ मिलियन भन्दा बढि भ्युज बटुल्न सफल भएको छ । भिडियोलाई 7३ हजार बढी लाईक र ३ हजार भन्दा बढि सकारात्मक प्रतिक्रिया आएको छ भने ३२ सय बढिले डिसलाईक गरेका छन् । कुनै कार्यक्रम होस् या त कन्सर्ट जुन सुकै ठाउमा पनि भिटेनले राम्रै स्थान पाइरहेकै छन् भने यदाकदा उनीमाथि आक्रमणको घटनाहरु पनि सार्बजनिक हुने गर्छ । लाखौ फ्यान कमाएका उनको र्याप प्राय जसो युवा वर्ग लक्षित हुने गर्दछ ।

 

The post भिटेनले फेरी गाए छाडा गीत (भिडियो सहित) appeared first on Purbeli News.

पूर्व डीआईजी महेशविक्रम शाहमाथि ३३ लाख ३८ हजार रुपैंयाको भ्रष्टाचार मुद्दा दायर

Previous articleसिटिजन्स बैँक द्धारा अपाङ्ग र बहिरा बालबालिकालाई नगद सहयोग
Next articleस्ववियू निर्वाचन स्थगित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।