संसदमा थापाको भाषण स्वस्थानी शैलीमा

काठमाडौं, ६ फागुन । संसद् बैठकमा प्रायः सांसदहरुले औपचारिक भाषामा आफ्ना विचार राख्ने गर्छन् । तर नेपाली कांग्रसका सांसद गगन थापाले फरक शैलीमा भनाइ राखे ।

प्रतिनिधिसभाको मंगलबारको शून्य समयमा सांसद गगन थापाले स्वस्थानी कथा शैलीमा व्यग्ङ्यात्मकरुपमा विचार राख्दै गर्दै बालुवाटार जग्गा अनियमिततामा संलग्नमध्ये कसैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको र केहीलाई छुट दिएको टिप्पणी गरे ।

एक मिनेट समय दिइने सो समयमा सांसद थापाले ‘कुमारजी आज्ञा गर्नुहुन्छ…..’बाट शुरु गरेर ‘इति श्री स्कन्दपुराणे…..’ मा आफ्नो लिखित भनाइको बिट मारे ।

संसदमा कांग्रेसकै अर्का सांसद अत्तहरकमल मुसलमानले संसदमा बोल्दा सबै धर्मप्रति सद्भाव र मर्यादा व्यक्त हुनुपर्ने बताए ।

सांसद उमा रेग्मीले सरकारको दुई वर्षे कार्यकाल असफल भएको जिकिर गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अमृता थापाले छाउगोठ भत्काउने राम्रो काम सुरु भएको तर यस्ता अन्धविश्वासी सोचविरुद्ध जनचेतना चलाउन माग गरिन् ।

नेकपाका जुलीकुमारी महतोले महिलामाथि भएका बलात्कारका घटनाका दोषीलाई पक्राउ गर्न माग गरिन् ।

नेकपाकै खगराज अधिकारीले रामसार सूचिमा सूचिकृत तालको अस्तित्व सङ्कटमा परेका संरक्षण गर्न माग गरे ।

The post संसदमा थापाको भाषण स्वस्थानी शैलीमा appeared first on Koshi Online.

सडकबाट मानसिक रोगीको उद्धार

Previous articleअतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी
Next articleअर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।