सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजायको फैसला

Click Image

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको हो।

पुस १३ मा सन्दीप लामिछानेलाई दोषी ठहर गर्दै कसुर निर्धारणका लागि पेशी तोकिएको थियो।

२०७९ साल कात्तिकमा लामिछानेविरुद्ध नाबालिका बलात्कारको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको थियो।

Previous articleरत्ननगर महोत्सवकाे तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने
Next articleयस वर्षको एसइई चैत पहिलो साता, उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।