उज्यालो नेपाल- पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अत्याधिक गर्मीका कारण विद्यालयहरुमा दिएको गर्मि विदा फिर्ता भएको छ ।
मौसममा आएको परिवर्तन संगै विदा फिर्ता गरिएको हो ।
नगरपालिकाले आईतबार एक सुचना प्रकाशित गरि १४ गतेदेखि १८ गते सम्म वर्षे बिदाबाट कट्टा हुने गरि गर्मि विदा दिएको थियो ।
तर नगरपालिकाले बिदा दिएको दिन देखि नै मौसममा सुधार आई तापक्रम घटेको थियो । अब भोली १६ गते देखि पठनपाठन कार्य सुरु हुनेछ।

