अस्ट्रेलियामा उडिरहेको दुई विमान ठोक्किँदा चारजनाको मृत्यु

भिक्टोरियन विमानस्थलमा उक्त दुर्घटना भएको गार्जेनले जनाएको छ।

भिक्टोरियाका प्रहरीले दुई विमान आपसमा ठोक्किएर विमान दुर्घटना भएको बताएका छन्।

सिभिल एभियसन सेफ्टी अथोरिटीका प्रवक्ताका अनुसार दुई इन्जिन भएको पाइपर पीए–४४–१८० सेमिनोल विमान र दुई इन्जिन भएको बिचक्राफ्ट डी९६ए विमान दुर्घटनामा परेका हुन्।

एक विमान मन्गालोर विमानस्थलबाट उडेको थियोभने अर्काे विमान मनिङ्टन पेनिनसुलरबाट उडेको थियो।

मन्गालोर विमानस्थलबाट प्राय सिकारु पाइलटलाई प्रशिक्षण दिइने गरेको जनाइएको छ। यस दुर्घटनाबारे अनुसन्धान सुरु भएको छ।

भारतमा कोरोना संक्रमितको संख्या २८ पुग्यो, इटालीका १६ पर्यटकमा कोरोनाको पुष्टि

Previous articleकोरोनाका कारण जापानी पानीजहाजमा फसेका यात्रुलाई निकाल्न थालियो
Next article१ सय ३७ वर्ष लामो इतिहास बोकेको इलामको ठूलो टुँडिखेलको नामेट हुने अवस्थामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।