भारतमा कोरोना संक्रमितको संख्या २८ पुग्यो, इटालीका १६ पर्यटकमा कोरोनाको पुष्टि

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दैै भारतका स्वास्थ्यमन्त्री हर्ष बरदानले भारतमा कोरोना संक्रमितको संख्या २८ पुगेको जानकारी दिए।

क्वारेन्टाइनमा राखिएका १६ इटालीका पर्यटकमा कोरोनाको पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या बढेको हो।

हर्ष बरदानका अनुसार पछिल्लो समय आगराका ६ जनामा कोरोनाको संक्रमण देखिएको छ।

विश्वभर कोरोनाको प्रकोप फैलँदै गर्दा छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि त्रास बढेको छ।

हाल विश्वभर ९२ हजारमा कोरोनाको संक्रमण पुष्टि भएको छ। कोरोनाले ३२ सय भन्दाबढीको ज्यान लिइसकेको छ।

७० भन्दा बढी राष्ट्रमा कोरोना फैलिसकेको छ। तीमध्ये सबैभन्दा बढी प्रताडित राष्ट्र चीन हो।

 

थोरै भएपनि राहत दिने खबर; अब चार्टर उडानमा नेपाली पनि विदेश जान पाइने

Previous articleपोखरामा कुनै पनि सार्वजनिक भेला र समारोह नगर्न कास्की प्रशासनको आग्रह
Next articleसुर्खेतको राउटे गल्छेनामा जिप दुर्घटना, तीन जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।