रत्ननगर । विप्लप नेतृत्वकाे नेकपा माओबादीले पिठुवा खानेपानी तथा सरसफाई उपभाेक्ता समितिकाे निर्वाचन खारेज गर्न माग गरेकाे छ ।
संस्थाकाे कार्यसमिति र लेखा समिति चयनका लागि फागुन ६ गते निर्वाचन हुँदैछ । निर्वाचनमा नेपाली काँग्रेस, रास्वपा, राप्रपा र समाजबादीकाे चार दलीय गठबन्धनकाे एउटा समूह तथा नेकपा एमाले र माओवादी निकट उपभाेक्ताहरुले अर्काे समुह बनाएर अध्यक्ष सहित पदाधिकारी,सदस्य र लेखा संयाेजक तथा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

साे पार्टीकाे रत्ननगर नगर कमिटीका सेक्रेटरी अर्जुन सि., इन्चार्ज शारदा सि.ले विज्ञप्ती जारी गरी निर्बाचन खारेज गर्न माग गरेकाे हाे । ६ गते हुने निर्वाचन नियमसंगत नभएकाे र विभिन्न पदमा उम्मेदबारी दिएका उम्मेदवारहरु सक्षम नभएकाे कारण देखाउदै साे पार्टीले निर्वाचन खारेज गर्न माग गरेकाे हाे ।




