भरतपुर २१ फागुन, अर्किड स्कुल भरतपुर -१० का विद्यार्थीहरूले चितवन मानवसेवा आश्रम भरतपुर र मन्जुश्री असहाय संरक्षण केन्द्र भरतपुरलाइ सहयोग प्रदान गरेका छन्।
विद्यार्थीहरूले यहि फागुन ४ गते परेको विद्यालयको १३ औ वार्षिकोत्सवमा संचालित फुड्स्टलबाट जुटाएको रकमले सो संस्थाहरूलाइ आर्थिक सहयोग गरेका हुन ।
कार्यक्रम संयोजक शिक्षिका संगीता ढकालका अनुसार विद्यालयले आफ्नो आदर्श अन्तर्गत राखेका; स्नेह, सत्कार,सहकार्य, सहयोग र सक्रियताको निरन्तर अभ्यासको क्रममा विद्यार्थीहरूलाइ सामाजिक परिचालन गर्ने र सु -सुचित गर्ने अभिप्रायले सहयोगात्मक कार्यक्रममा सहभागी गराइएको हो।
चितवन मानव सेवा आश्रमको तर्फबाट देवि आचार्यले अर्किडको विद्यार्थीहरूको सहयोगी मन प्रशंसायोग्य रहेको बताईन् । त्यसैगरि मन्जुश्री असहाय संरक्षण केन्द्रकी संस्थापक मन्जु खांडले कलिला बालबालिकाको आफ्नो उमेर सरह का अन्य असहाय बालबालिका प्रती गरिएको सहयोगले आफुलाइ हौसला मिलेको बताईन् ।



