रत्ननगर । रत्ननगर वडा नं १० र १३ काे सिमाना बैरियामा रहेकाे शिवालय मन्दिरमा भाेली २३ गते देखि २५ गते सम्म शिवमहापुराण ज्ञान महायज्ञ हुने भएकाे छ ।
मन्दिर व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरि पुननिर्माण गरिएकाे मन्दिरकाे उद्घाटन तथा ज्ञान महायज्ञ आयाेजना गरिएकाे जनाएकाे छ ।
भाेली २३ गते बुधवार मन्दिर र महायज्ञकाे एकैसाथ रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले उद्घाटन गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राज बहादुर भण्डारीले जानकारी दिए ।
उद्घाटनपूर्व बैरियामा कलशयात्रा निकालिने छ । शिवरात्रीकाे अबसर पारेर आयाेजना गरिएकाे साे महायज्ञबाट संकलिन रकम मन्दिरकाे भाैतिक पूर्वधार निर्माणमा खर्च गरिने अध्यक्ष भण्डारीले जानकारी दिए ।
मन्दिरमा शिव, गणेश, देवी, विष्णु र सुर्यनारायण भगवानकाे मूर्ति पद स्थापन तथा प्राणप्रतिष्ठा गरिने छ । तीन दिन सम्म चल्ने साे महायज्ञमा पण्डित निर्मल पाैडेलले शिवपुराण कथा बाचन गर्नेछन् ।
२०३३ सालमा स्थापना भएकाे साे मन्दिर जीर्ण बनेपछि ५० लाख खर्चेर पुननिर्माण गरिएकाे काेषाध्यक्ष चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । रत्ननगर नगरपालिकाे १६ लाख, देशविदेशमा रहेकाहरुबाट संकलित २० लाख रकम र मुर्ति खरिदका लागि ११ लाख ७५ हजार र विभिन्न व्यवसायीहरुले निर्माण सामाग्री सहयाेग गरेकाे काेषाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
मन्दिरलाई कम्पाउण्ड गरी आकर्षक गेट समेत निर्माण गरिएकाे छ । शिवरात्रीकाे दिन धार्मिक महत्व रहेकाे शिव ताण्डब नृत्य र शिवध्वनी समेत लगाइदैछ ।
मन्दिर व्यवस्थापन समितिमा सचिव सुर्यमान श्रेष्ठले सञ्चालन गरेकाे कार्यक्रममा वडा नं १० का वडाध्यक्ष कलाधर पाैडेलले मन्तव्य राखेका थिए ।